०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

एजेन्सी – भारतको उत्तर प्रदेशमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

मंगलबार राति उत्तर प्रदेशको गोन्डा जिल्लामा ग्यास सिलिण्डर विस्फोट भएको थियो । विस्फोटमा परी ८ जनाले ज्यान गुमाएको र ७ जना घाइते भएको भारतीय समाचार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमध्ये २ महिला, २ पुरुष र ४ बालबालिका रहेका छन् ।टिक्री गाउँमा भएको उक्त विस्फोटपछि एक आपसमा जोडिएका २ वटा घर ढलेका थिए । नुरल हसनको परिवारले खाना पकाइरहेका बेला ग्यास सिलिण्डर विस्फोट भएको समाचारमा उल्लेख गरिएको छ ।

ग्यास सिलिण्डर विस्फोट हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]