१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर ०६, २०७७

सपत्री – मोरङको रतुवामाई नगरपालिका-८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन्।

शुक्रबार राति साढे ११ बजे स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ६९ हजार ६९५ सहित उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।

उनीहरूको साथबाट कौडा १६ थान, एक बुङ तास, मोबाइल १६ थान, मोटरसाइकल १९ वटा र दुई वटा कार बरामद भएको खड्काले बताए।पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-७ डिल्लीराम चौलागाईं, मोती पौडेल, रामनाथ मैनाली, देवीप्रसाद प्रसाईं, रामनाथ नेपाल, हेमलाल प्रसाईं, नारायण चुँडाल रहेका छन्।

यस्तै, रतुवामाई नगरपालिका-८ का सन्तबहादुर राई, सागर गड्तौला, दीपक ढुङ्गाना, देवराज घिमिरे, अशोक भट्टराई, राजन हस्ता सतार, गोपी पराजुली, रविन पोखरेल र बेलबारी नगरपालिका-७ का गणेश श्रेष्ठ छन्।

पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरी उपरीक्षक खड्काले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]