२० मंसिर २०७७, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर ०६, २०७७

सप्तरी – अमेरिकाको विस्कन्सिनमा एक सपिङ मलमा भएको धन्धाधुन्ध गोलीबारीमा ८ जना घाइते भएका छन् । विस्कन्सिनको वाउवातोसामा रहेको मेफेयर मलमा शुक्रबार दिउँसो करिब ३ बजेतिर गोलीबारी भएको थियो । घाइतेहरु ७ जना वयस्क र १ जना किशोर भएको वाउवातोसा पुलिस प्रमुख बेरी वेबरलाई उद्धृत गर्दै एबीसी न्यूजले जनाएको छ ।

घाइतेहरुलाई अस्पताल लगिएको र उनीहरुलाई लागेको चोटको प्रकृतिबारे कुनै जानकारी नआएको समाचारमा जनाइएको छ । प्रत्यक्षदर्शीले करिब दर्जन गोली प्रहार भएको बताएका छन् । घटनास्थलमा सुरक्षाकर्मी पुग्दा बन्दूकधारी भने फरार भइसकेका थिए । वाउवातोसा पुलिसले एक ट्वीटमा यस घटनाबारे सक्रिय रुपमा अनुसन्धान भइरहेको बताएको छ । मल अहिले बन्द गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार बन्दूकधारी करिब २० देखि ३० वर्ष उमेरका श्वेत पुरुष थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Love
Haha
Wow
Sad
Angry

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]