२० मंसिर २०७७, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर ०६, २०७७

सिरहा – सिरहा प्रहरीले छठ मनाउन गएका युवक लाई हतियारसहित एक पक्राउ गरेको छ । सिरहा औरही गाउँपालिका–५ जगदेव बाबा पोखरीमा छठ मनाउन गएको २२ वर्षीय रविन दास पक्राउ परेका हुन् ।

शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा पुरानो रिसिईबीको कारण आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजना अनुसार रविन छठको घाटमा पेस्तोल बोकेर पुगेका थिए ।

सोही क्रममा रविनले पेस्तोल निकालेर विनोदको कन्चटमा ताकेको स्थानीयले देखेलगत्तै नजिकैको प्रहरी चौकी औरहीमा जानकारी गराएपछि उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।

प्रवक्ता शर्माका अनुसार रविन दासलाई औरही–५ स्थित जगदेवी बाबा पोखरीबाट हतियारसहित पक्राउ गरिएको हो । दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको शर्माले बताए ।

रविनलाई हिरासतमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Love
Haha
Wow
Sad
Angry

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]