१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ०४, २०७७

सप्तरी – बलिउडका बादशाह शाहरुख खानका शुभचिन्तकहरु उनको नयाँ फिल्मको पर्खाइमा बसेका छन् । अब उनीहरुको पर्खाइ सकिनेछ । धेरै समयदेखि चर्चामा रहेको किंग खान सिद्धार्थ आनन्दको फिल्म ‘पठान’ को काम सुरु गर्दै ठुलो पर्दामा फर्किएका छन् ।

बुधबार सामाजिक सञ्जालमा भाइरल भएको एक तस्वीरमा खान रुख बोहेमियनको लुकमा देखिएका छन् । खानको यो तस्वीर फिल्म पठानको भएको बताइएको छ । यस फिल्मको चर्चा तिव्ररुपमा भइरहेको छ । उनले फिल्मको सुर्टिङ सुरु गरिसकेका छन् ।

तस्वीरमा शाहरुख खान लामो कपालमा देखिएका छन् । धमिलो तस्वीरमा कारबाट बाहिर उनी निस्किएको देखिएको छ । किंग खानको यो तस्वीर देखेर उनका फ्यानहरु उत्साहित हुँदै ट्विट गरिरहेका छन् । पठान फिल्मको निर्माण यशराज फिल्म्सद्धारा गरिएको छ । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोण पनि रहने चर्चा चलेको छ ।

कोरोना भाइरसको कारण फिल्मका सम्पुर्ण कार्य ठप्प भएका थिए । यसरी यति लामो समय फिल्मबाट ब्रेक लिन परेको शाहरुख खानले पहिलो पटक हो । भारतीय समाचार अनुसार जोन अब्राहमले यस फिल्ममा नेगेटिभ रोल निभाउने छन् । शाहरुख खानको २०१८ मा फिल्म जिरो रिलिज भएको थियो । यो फिल्म फ्लप भएपछि शाहरुख खान निराशा भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]