०७ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र ०६, २०७७

सप्तरी शनिबार, भाद्र ०६, २०७७
महोत्तरीसहितका मिथिला क्षेत्रमा कोभिड–१९ को सन्त्रासबीचनै आज चौरचन पर्व मनाइदैछ । मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ । अहिले प्रदेश–२ का आठै जिल्लामा निषेधाज्ञा जारी छ । पछिल्लो पटक भदौ–१ गते नै जिल्ला प्रशासन कार्यालयहरुले भदौ–१० गतेसम्मलाई निषेधाज्ञा जारी गरेका छन् । महाब्याधीको सङ्क्रमण जोखिम बढ्दै जाँदा यसलाई छल्न जारी गरिएको निषेधाज्ञाभित्रै मिथिलाका बासिन्दा आफ्ना परम्पराभित्रका चाडपर्व मनाउँदै छन् ।

चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा (पिरुकीया) र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलपूल र वस्त्रआभूषण चढाइने परम्परा छ । पर्वको तयारीमा अहिले मैथिल (मिथिलाका बासिन्दा) हिन्दूहरु आफ्नो सामग्री जुटाउने तयारीमा छन् । पर्वमा घरमूली महिला दिनभरि निराहार ब्रत बसेर साँझ चन्द्र दर्शन गरेर यो पर्व समापन गर्छन् । ब्रतालुले एक दिनपूर्व नै ब्रत सङ्कल्प गरेर चोखोनितो भई बस्ने र सात्विक भोजन गर्ने परम्परा छ ।

भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको अरिप्पन (चतुष्कोण यज्ञस्थल) मा दिप प्रज्वलित गर्दै घरमूली ब्रतालुले फलपूmल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर ब्रत समापन गर्ने परम्परा छ । खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य परिकार तथा केरा र मौसमअनुसारका फलपूmल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद ख्वाएपछि यो पर्व सम्पन्न गरिने परम्परा छ । अरिपन चामलको पिठोले रेखाङ्कित गरिन्छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्र दर्शन शास्त्रीय मान्यताले दोषपूर्ण मानिएकाले ब्रत बसेर मिष्ठान्न परिकार र फलपूmल देखाएर दोष मेटाउने प्रचलन चलेको मैथिली संस्कृतिका जानकार बताउँछन् । यो ब्रतको प्रभावले मिथ्या दोष नलाग्ने मैथिल जनविश्वास रहेको सप्तरीका एक संस्था का कर्मचारी घनश्याम यादव ले बताए ।

गाउँघर बस्तीमा राती सानातिना बिग्याँई गर्दा छिमेकीले गाली गरेपछि चन्द्र दर्शनको दोष मेटिने विश्वास रहेको छ । तर, दोष मेटाउन बिग्याँई गर्न पर्ने पुरानो परम्पराभने ठिक नरहेको नयाँ पुस्ताका युवा बताउँछन् । प्रदेश—२ भरि नै उल्लास र भक्तिसाथ मनाइने यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिएको पाइन्छ । यसपाली कोविड–१९ महाब्याधीको सन्त्रासले चाडपर्वको उल्लास हराएको छ । यसअघि महिना दिन पहिले नै शुरु हुने महिलाले मनाउने तीज पर्वको पनि कुनै रमझम देखिएन । हिजो शुक्रबार घरघरै उपवास बसेर यस भेगका महिलाले तीज पर्व मनाएका छन् । तीजविशेषका सार्वजनिक कुनै कार्यक्रम यसपाली देखिएन । त्यसैगरि गतचैतयताका सबैजसो धर्म सम्प्रदायका चाडपर्व यसपाली अत्यन्त सामान्य तरिकाले कतै भिडभाड नगरी मनाइँदै आइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]