१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ०४, २०७७

सप्तरी – स्याङ्जामा लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ बिसौना बस्ने २५ वर्षीय ख्यामबहादुर विक लगायत छन्।

उनीहरूको साथबाट प्रहरीले करिब दुई किलो लागूऔषध गाँजा बुधबार साँझ बरामद गरेको छ।

विकको घरमा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उक्त गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै, बाँकेमा पनि प्रहरीले एक जना युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट लागूऔषध २ सय ४० ट्याब्लेट नाइट्रोभ्याटसहित सोही उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय जमुनाह बाँकेबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

उनीहरूविरुद्ध प्रहरीले लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]