२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०२, २०७८
Sorry No Photo is selected hare

सप्तरी : बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले कोरोना संक्रमितको उपचारमा आवश्यक स्रोतसाधनको अभाव हुन नदिइने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री भएपछि पहिलो पटक आइतबार गृहजिल्ला आएका मन्त्री पाण्डेले त्रिशूली अस्पतालका कोरोना संक्रमितको उपचारको अवस्थाबारे जानकारी लिँदै संक्रमितको उपचारमा प्रदेश सरकार गम्भीर रहेको र आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

मन्त्री पाण्डेले अस्पतालमा आवश्यक जनशक्ति र स्रोतको व्यवस्थापन गरी चाँडै सघन उपचार र एचडियु कक्ष थप गर्न प्रक्रिया अघि बढाइएको बताए ।

अस्पताल व्यवस्थापनसँगको अन्तरक्रियामा मन्त्री पाण्डेलाई त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले संक्रमितको उपचारका क्रममा देखिएका समस्या तथा तत्कालै अपनाइनुपर्ने रणनीतिबारे जानकारी गराएका थिए ।
त्रिशूली
त्रिशूली अस्पतालमा नुवाकोटका साथै रसुवा र धादिङका संक्रमितको पनि उपचार हुँदै आएको छ ।
यसैबीच बागमती प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष हीरानाथ खतिवडाका अगुवाइमा अक्सिजनसहितको १९ थान सिलिन्डर अस्पताललाई आइतबार हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]