३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०१, २०७८

सप्तरी : गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक हेर्ने हो भने मनाङमा भेटिएका ६३ कोरोना संक्रमितमध्ये ४३ सक्रिय छन्।
यस्तै मुस्ताङमा भेटिएका ९७ मध्ये ६३ जना सक्रिय संक्रमित छन्। मुस्ताङमा त कोरोनाका कारण एक जनाको मृत्युसमेत भइसकेको छ।

सक्रिय संक्रमितमध्ये जो सुकैलाई जुनसुकै बेला पनि आईसीयू/भेन्टिलेटर/अक्सिजन आवश्यक पर्न सक्छ। तर, हिमालपारिका जिल्ला भनेर चिनिने मनाङ् र मुस्ताङका जनता आफ्नै जिल्लामा स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्। उनीहरू महँगो हेलिकोप्टर चार्टर गर्न बाध्य छन्।

कोरोना संक्रमण कालीगण्डकी र मर्स्याङ्दीको तीरैतीर उकालो लागेर ढपक्क छोप्न लागेको छ। तर, ती जिल्लामा भरपर्दो अस्पताल छैन। आईसीयू कक्ष छैन।

प्रदेश सरकारले पठाएको दुईमध्ये एउटा मात्रै भेन्टिलेटर जोडिएको छ। त्यो पनि प्राविधिक नभएकाले त्यसै थन्किएको छ। मनाङकै कुरा गर्ने हो भने यहाँ डाक्टर छैनन्। अरू स्वास्थ्यकर्मी पनि थोरै छन्।

कोरोना परीक्षण आरडीटी माध्यमबाट भइरहेको छ। पीसीआर गराउन मनाङका मानिसहरूको स्वाब पोखरा ल्याउनुपर्छ भने मुस्ताङकाे बागलुङ झराल्नुपर्छ।

यी जिल्लाका स्थानीय तहहरूले आइसोलेसन वार्ड तयार पारिरहेका छन्। कतै कोभिड अस्पताल पनि बनेका छन्। तर, स्वास्थ्यकर्मी छैनन्।

मुस्ताङमा यतिबेला ६३ संक्रमित छन्। चार जनालाई हेलिकप्टरबाट पोखरा ल्याएको सांसद इन्द्रधारा विष्टले जानकारी दिए। ‘पहिलेभन्दा दोब्बर महँगो भाडा छ। स्वास्थ्यकर्मीहरू पनि लगेर बिरामी ल्याउनुपर्छ,’ उनले भने, ‘डेढ दुई लाखमा उड्ने हेलिकोप्टरले यो बेला ५ लाखसम्म माग्छन्। बिरामीको ज्यान बचाउन भन्दा पैसा ठूलो भएन, के गर्नु ?’

कोरोना संक्रमणको पहिलो लहरका बेला यी दुई जिल्ला करिब–करिब सुरक्षित थिए। यसपालि केही सीप लागेन। कोरोना झन् माथि–माथि चढ्दै गयो। दैनिक संक्रमित थपिँदै जाँदा मानसिक त्रास उस्तै थपिएको छ।

जिल्लामा राम्रो उपचार नपाएर सहर झरेका बिरामीलाई यता पनि राम्रो उपचार छैन। सबैजसो अस्पताल भरिएका छन्। पर्याप्त सिलिन्डर नहुँदा अक्सिजन अभाव सुरू भइसकेको छ।

जिल्लाका स्थानीय तहहरूले आइसोलेसन वार्ड तयार पारिरहेका छन्। कतै कोभिड अस्पताल पनि बनेका छन्। तर, स्वास्थ्यकर्मी छैनन्।

हिमालपारिका जिल्लासँगै उत्तरी गोरखाको अवस्था पनि जटिल छ। दैनिकजसो बिरामीहरू हेलिकप्टर चार्टर गरेर सहरी क्षेत्रमा झार्नुपर्छ।
मनाङ, मुस्ताङका अधिकांश स्थानीय तहको काम संक्रमणका कारण ठप्प भएको छ भने बाहिरबाट मान्छे छिर्न रोक लगाइएको छ। स्वास्थ्य उपकरणमा सरकारले उतिसारो चासो नदिँदा दुःख भोगिरहेका छन्, विकटका नागरिक।

गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष सबै जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू कक्ष तयार गर्न १४ करोड रूपैयाँ विनियोजन गरेको थियो। अधिकांश अस्पतालले सामान खरिद गरे पनि प्राविधिक नहुँदा जडान नगरी थन्क्याएर राखेका छन्।

कतिपय ठाउँमा आईसीयू कक्ष बनाउने भवन छैन। भएका भवनमा पनि जोडिएका उपकरण प्रयोग गरिएका छैनन्।

मनाङ र मुस्ताङमा दुई–दुई बेड तथा अरू जिल्लामा पाँच बेडका दरले आईसीयू कक्ष बनाउन लागिएको थियो। सोही समयमा गाडी किन्न दिइएको पैसा सबै खर्च भइसकेको छ, तर उपकरण खरिद केही अस्पतालले अझै गर्न सकेका छैनन्|

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]