०६ आषाढ २०७८, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख ३१, २०७८

काठमाडौं – हामीले १ वर्षदेखि कोरोनाको महामारी खेपिरहेका छौं। पहिलो वर्ष नयाँ भएका कारण महामारीले आफूलाई विस्तार गरेको थियो। दोश्रो लहर हाम्रो कारण आएको हो। हामीले कोरोनाको महामारीलाई ध्यान नै नदिएर राजनीतिक सभा, समारोह, विवाहलगायतका उत्सवहरुका नाममा जमघट हुने कार्य गरेका कारण दोश्रो लहरले आफूलाई बलियो रुपमा प्रस्तुत गरेको हो।

समग्र काभ्रेको कुरा गर्नुहुन्छ भने हामीले तीब्र गतिमा काम गरिरहेका छौं। पहिलो लहरमा काभ्रेलाई चाँडै नै शून्यमा झारेको कुरा सबैलाई अवगत नै छ। यो वर्ष पनि मुख्य राजमार्ग भएका बनेपा, धुलिखेल र पनौती नगरपालिकामा कोरोना संक्रमित हुनेको चाप अलि बढी छ। यी नगरपालिकाहरुले कन्ट्रयाक्ट ट्रेसिङ गरिरहेका छन्। अक्सिजन सहितको आइसोलेसनको व्यवस्था पनि गरिएको छ।

कोरोनाका बारेमा हामी सबै जानकार छौं। कोरोना रोगको औषधि बनेको छैन भन्ने सबैलाई थाहा छ। यसको भ्याक्सिनहरु जति तबनेको छ त्यो सबैले लगाउन पाएका छैनन्। जतसमुदायले यी कुराहरुलाई राम्रोसँग ख्याल गरिदिनु पर्छ। हामीले जतिसक्दो कोरोनाको प्रकृतिबारे जानेर यसको चैन ब्रेक गरेको अवस्थामा मात्र आफू र समुदायलाई नै कोरोना संक्रमण मुक्त गर्न सकिन्छ।

नेपालको परिप्रेक्षमा हेर्दा अझै केही हप्ता लाग्न सक्छ। हामीले महामारी यति दिन यसैगरी अन्त्य हुन्छ भन्न त सक्दैनौं। तर, स्थानीय तहहरुले गरेको प्रयास्, निषेधाज्ञा लगायत अवस्थाहरु हेर्दा केही हप्ता भन्न मिल्छ। अलि कम भएर जान्छ।

पूरै शून्यमा झर्नेकुरा गर्नै मिल्दैन। यो चीनबाट सुरु भएपछि विभिन्न देशहरुमा फैलियो। त्यसपछि देशको हावापानी, वातावरण आदिका कारण भेयिन्टमा बदलियो। अहिले नेपालमा पनि २ किसिमको भेरियन्टहरु प्रमाणित भएका छन्। यूके भेरियन्ट र डबल म्यूटेन्ट भेरियन्ट।

पहिलो लहरको भन्दा यूके भेरियन्ट चाँडो सर्छ। झण्डै ७० प्रतिशत बढी चाडो सर्न सक्ने यसको प्रकृति हो। त्यसकारण नेपालमा पछिल्लो समय संक्रमितको संख्यामा बृद्धि हुने गरेको हो।

कोरोना संक्रमणबाट भन्दा पनि हतोत्साहित भएर धेरैले ज्यान गुमाउनु भएको छ। शरीरमा कोरोनाको प्रवेश भएपछि कोरोना संक्रमण पुष्टि हुनु त स्वभाविक नै हो। तर, पनि कोरोना नै कारण हैन, कतिपय अवस्थामा सहयोगी बनेको होला।

यो महामारीबाट बच्चका लागि त समुदाय नै सचेत हुनु पर्छ। डाक्टरहरुले अफ्ठोरो अवस्थामामात्र काम गर्ने हुन्। सबै भन्दा पहिला त यसको चैन ब्रेक गर्नु पर्छ। चैन ब्रेक गर्न समुदायको ने हात हुन्छ। समुदायका मानिसहरु कम्तिमा २ हप्ता घरबाट बाहिर ननिस्किएर बस्नु पर्छ।

घरभित्र बस्दा पनि हामीले एसएमएस सर्भिस भन्छौं, सामाजिक दुरी, मास्कको उचित प्रयोग र सेनिटाइजरको प्रयोग गर्नु पर्छ। हामीले म संक्रमित हुँ कसैलाई सार्नु हुँदैन र सबै संक्रमित हुन् कसैबाट पनि सर्नसक्छ भन्ने सोच गरेर बस्यौं भने मात्र कोरोना महामारीको यो परिस्थितिलाई काबुमा राख्न सक्छौं होला। यहिलेकै जस्तो हालतमा बाहिर कस्तो छ, हेरेर आउँछु झै गरी तपाईँ, म, उहाँ गर्दागर्दै सबै जना बाहिर निस्केको अवस्थामा कसरी कोरोनाको साङ्लोबाट मुक्ति पाउने त ?

अफ्ठेरो अवस्थामा त अस्पताल आउनु नै पर्छ। घरमा बस्दा पनि झोलिलो पदार्थ खाने। पानी प्रस्स्त पिउने, बेलाबेलामा साबुन पानीले हात धुने, अझै भनौं हाम्रो भान्सामा भएका मरिच, तेजपत्ता, जाइफल, ल्वाङ, सुकमेल लगायतका मसलाहरुको चिया बनाएर पिउनु पर्छ। त्यो चियाले पनि शरीरलाई कोरोनासँग लड्ने सामर्थ दिइरहेको हुन्छ। लागि सकेकाले पनि यी उपायहरु अपनाउन सक्नु हुन्छ।

हामीले गेडागुडीको सुप बनाएर प्रसस्तै पिउन सक्छौं, भिटामिन सि, डि, जिंक चक्कीलगायतका औषधिहरु पनि डाक्टरको सल्लाहमा खान सक्छौं। मैले गर्ने अनुरोध भनेको औषधि खाँदा डाक्टरको सल्लाहमा खानुहोला। आफूलाई सधै मोटिभेटेड र एक्टिभ राख्नु होला, सामान्य व्याम, प्राणायम गर्दै गर्नु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]