३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २६, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

यसअघि सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो । यसका लागि उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रसका नेताहरुलाई भेटेर सहयोगको आग्रह गर्नुभएको थियो तर काँग्रेस सभापति शेरवहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने प्रष्ट पार्नुभएको थियो ।त्यसो त नेपाली काँग्रेस संसदीय दलले हिजो मात्र बैठक बसेर विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

नेकपा एमाले भित्रपनि आपसी विवाद कायम रहेको अवस्थामा प्रधानमन्त्रीले अर्को राजनीतिक दल जनता समाजवादी पार्टीलाई समेत विश्वासको मत दिन आग्रह गर्नुभएको छ । तर जसपाले भने अझै आधिकारिक निर्णय गरेको छैन ।यता एमाले माधव नेपाल र झलनाथ खनाल समूहले समेत प्रधानमन्त्रीलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा कुनै निर्णय लिन नसकेको अवस्था छ । यसै विषयमा टुंगो लगाउन नेपाल-खनाल समूहको स्थायी समितिको बैठक आज बस्न लागेको नेताहरुले जानकारी दिएका छन ।उता प्रधानमन्त्री निवास वालुवाटारमा संवैधानिक परिषदको बैठक अहिले जारी छ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित हुनु भएको छ भने प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना भने बैठकमा उपस्थित हुनुहुन्छ । सैंवैधानिक परिषदमा उपसभामुख रहने प्रावधान रहेपनि सो पद खाली छ ।।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]