०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ०४, २०७७

एजेन्सी – ‘बाहुबली’ अभिनेता प्रभासको आउँदाे फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक भएको छ।

बिहीबार अभिनेता प्रभासले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज डेट सार्वजनिक गरेका हुन्।

प्रभासले यो फिल्म २०२२ अगस्ट ११ मा सार्वजनिक हुने जानकारी दिएका छन्।

यो फिल्म पौराणिक ग्रन्थ रामायणमा आधारित रहेको छ। फिल्ममा अहिलेसम्म प्रभासका साथमा सैफ अली खानको पनि अभिनय रहने पक्का भएको छ। यी दुईका अलवा अभिनेत्री र अन्य कलाकारको नाम टुंगिएको छैन्।

फिल्ममा रामको भूमिकामा प्रभास र रावणको भूमिकामा सैफ देखा पर्दैछन्। यसअघि सैफल तानाजीमा निभाएको नकारात्मक भूमिकाको व्यापक चर्चा भएको थियो।

फिल्ममा सीताको भूमिकामा कीर्ति सुरेश, अनुष्का शर्मा र कियारा आडवाणीको नाम चर्चामा रहेको छ।

ओम राउतको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण भूषण कुमारले गर्दैछन्। यो फिल्मको बजेट ३५० देखि ४ सय करोडका बीचमा हुने निर्माण पक्षले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो फिल्म हिन्दीसहित तामिल, तेलगू, कन्नड र मलयालम भाषामा पनि रिलिज हुने बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]