०६ आषाढ २०७८, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २३, २०७८

काठमाडौँ – नेपाल पर्यटन बोर्डले निषेधाज्ञाका क्रममा मुलुकका विभिन्न स्थानमा रहेको पर्यटकहरुको उद्धारको काम शुरू गरेको छ ।

त्यसका लागि बोर्डले विपद व्यवस्थापन तथा सञ्चार सेल गठन समेत गरेको छ ।सेलले पर्यटकहरूको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बुबल सम्झौता अनुरुप भारतबाट नेपाल आउने यात्रुहरुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमन लगायतका काममा सहजिकरण गर्ने छ ।सोही बमोजिम बोर्डले बुधवार गृह मन्त्रालयको समन्वयमा देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाडौँ ल्याएको छ ।जसअनुसार लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकन गरी ११ जना विदेशी नागरिकलाई उद्धार गरी काठमाण्डौं ल्याएको बोर्डले जनाएको छ ।यस्तै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मिति २०७८ वैशाख २१ गतेको निर्णय अनुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिाइन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचिकृत होटहरूसँग सम्पर्क र समन्ववय गरी सहजिकरण गरेको छ ।

बोर्डले महामारीको समयमा आवश्यक सूचनाको अभावमा कुनै पर्यटकहरू कतै अलपत्र पर्न नपरुन तथा अन्य सरोकारवाला निकायहरूले समेत आवश्यक परेको समयमा वेभसाइटमा रहेको नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]