०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर ०३, २०७७

सप्तरी – चरम सत्ता संकटमा फसेका प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार मध्यरातमा फेरि गोप्य मन्त्रणा गर्नुभएको छ ।

उहाँहरुबीच झण्डै डेढ घण्टा वार्तालाप भएको बालुवाटार स्रोतले जनाएको हो । एउटा पार्टीको आन्तरिक विवादमा देशको राजदूतको खुलेआम दौडधूप भएकाप्रति भने प्रश्न उठ्न थालेको छ ।

जब जब सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पदीय झगडा चरमबिन्दूमा पुग्छ चिनियाँ राजदूत हाउको सक्रियता एकाएक बढ्छ । राजदूत हाउको सक्रियता बढेसँगै नेकपाभित्रको विवादमा पानी खनिने पनि गरेको दृष्टान्त देखिँदै आएको पनि छ ।

यसै पृष्ठभूमिमा हाउले प्रधानमन्त्री ओलीसँग भेट गरेकाले एउटी राजदूतलाई कूटनीतिक मर्यादा लाग्ने कि नलाग्नै प्रश्न दाहाल निकट नेताले गरेका छन् । अरु बेला नागरिक स्वाभीमान, स्वाधीनता र राष्ट्रियताको नारा फलाक्ने अनि आन्तरिक राजनीतिक विवादमा खुलेआम विदेशी चलखेल गराउने उनको आक्रोश पोखे ।
नेकपाभित्रै पनि अनेक पटकका विवादमा चिनियाँ राजदूत हाउले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पक्षमा सक्रिय भूमिका खेल्दै आएको आरोप लाग्दै आएको छ ।

नेकपाभित्र नेताहरुको पदीय स्वार्थका लागि भएका झगडामा यसअघि पनि चिनियाँ राजदूत हाउले प्रधानमन्त्री ओलीका अतिरिक्त नेकपा शीर्ष नेताहरुलाई भेटेर दबाब दिनुभएको थियो ।

हाउले त्यसबेला शीतलनिवास पुगेर राष्ट्रपति विद्या भण्डारीसँग समेत भेटवार्ता गर्नुभएको थियो ।

भेट के का लागि भएको भन्ने दुबै पक्षबाट जानकारी नगराइए पनि पार्टीभित्र पद त्याग्न अर्का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न आरोपसमेत प्रस्ताव पेश गरेपछि अफ्ठ्यारोमा पर्नुभएका ओलीले आफूलाई सघाउन आग्रह गर्नुभएको अनुमान दाहाल पक्षीय नेताहरुको छ ।

पहिले पहिलेका विवादमा झै यस पटक पनि प्रधानमन्त्री ओली सचिवालयमा अल्पमतमा हुनुहुन्छ भने बुधबारका लागि बोलाइएको बैठक गर्न दिने र नदिनेमा दुई पक्षबीच तानातन छ ।

नेकपा नेताहरुबीच बढेको विवादले पार्टी नै विभाजनको सम्मुखमा पुगेपछि गत बैशाख र असारमा पनि राजदूत हाउ यसैगरी सक्रिय हुनुभएको थियो ।

१९ गते केन्द्रीय सचिवालयमा ओली अल्मतमा परेपछि राजदूत हाउले पार्टीका अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग अलगअलग भेटेर ओलीलाई सघाउन दबाब दिनुभएको थियो ।

यसैगरी असारमा पनि राजदूत हाउले अध्यक्ष दाहाल, नेताहरु नेपाल र झलनाथ खनालसँग भेट गरी विवाद मिलाउन दबाब दिएपछि ओलीको पद जोगिएको थियो ।

यसै पृष्ठभूमिमा हाउले प्रधानमन्त्री ओलीसँग भेट गरेकाले एउटी राजदूतलाई कूटनीतिक मर्यादा लाग्ने कि नलाग्नै प्रश्न दाहाल निकट नेताले गरेका छन् ।

अरु बेला नागरिक स्वाभीमान, स्वाधीनता र राष्ट्रियताको नारा फलाक्ने अनि आन्तरिक राजनीतिक विवादमा खुलेआम विदेशी चलखेल गराउने उनको आक्रोश पोखे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]