१७ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र ०६, २०७७

भदौ ६, २०७७ काठमाडौं :
आज पर्सा र चितवनमा गरी तीनजना कोरोना संक्रमितको ज्यान गएको छ। पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको गएराती र आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ। यससँगै वीरगञ्‍जमा अहिलेसम्म ३६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्‌। प्रशासन कार्यालयका अनुसार दुवै जनाको वीरगञ्ज हेल्थ केयर (नारायणी कोभिड अस्पताल) मा मृत्यु भएको हो। ५८ वर्षीय पुरुषको भदौ ४ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो।

चितवनस्थित पुरानो मेडिकल कलेजमा पनि गएराती हेटौंडाकी कोरोना संक्रमित महिलाको ज्यान गएको छ। उपचारका लागि भदौ ३ गते चितवन आएकी उनको बिहीबार राती मृत्यु भएको हो। अस्पताल आउनासाथ कोरोना संक्रमण भएरनभएको थाहा पाउन उनको स्वाब नमूना निकालिएको थियो। मृत्यु भएपछि मात्रै सो स्वाब नमूना परीक्षणको रिपोर्ट आएको हो। उनको स्वाब परीक्षणका लागि चितवन मेडिकल कलेजमा पठाइएको थियो। तर , सो मेडिकल कलेजमा परीक्षण ल्याब हालै जडान गरिएकाले महिलामा कोरोना कोरोना संक्रमण देखिएपनि सो जानकारी सार्वजनिक गरिएको थिएन। त्यसपछि ती महिलाको स्वाब पुनस् भरतपुर कोभिड ल्याबमा परीक्षण गरिएको हो। परीक्षण गर्दा ती महिला कोरोना संक्रमित नै रहेको पुष्टि भएको छ। चितवनमा अहिलेसम्म पाँच जना कोरोना संक्रमितको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]