०१ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

काठमाडौं – बालबालिकाको तथ्याङ्क संकलन तथा दुरुपयोग गरेको आरोपमा अहिले टिकटकले अर्को कानूनी चुनौतीको सामना गर्नुपरेको छ । इङल्याण्डको बालबालिका आयोगकी पूर्वआयुक्त एन्नी लङफिल्डले टिकटकमाथि त्यस्तो आरोप लगाउँदै रिट दायर गरेकी हुन् ।

बेलायत तथा यूरोपेली युनियन क्षेत्रका लाखौं बालबालिकाकाे डेटा दुरुपयोगको हवाला दिँदै सम्बन्धित मुलुक र क्षेत्रमा लङफिल्डले मुद्दा दायर गरेकी हुन् ।यदि सो मुद्दामा टिकटकको हार हुने हो भने प्रभावित बालबालिकाहरुले हजारौं पाउण्ड क्षतिपूर्ति पाउने बताइएको छ ।टिकटकले उक्त आरोप निराधार रहेको भन्दै त्यसको प्रतिवादमा आफू लड्ने बताएको छ ।

बालबालिकाहरुको व्यक्तिगत जानकारीहरु जस्तै फोन नम्बर, भिडियो, लोकेसन तथा बायोमेट्रिक डेटा पर्याप्त जानकारी, पारदर्शिता र आवश्यक सहमतिबिनै संकलन गर्ने गरेको आरोप टिकटकमाथि छ तर त्यसको प्रतिक्रियामा भिडियो शेयरिङ एप टिकटकले गोपनीयता र सुरक्षा सधैं आफ्नो शीर्षस्थ प्राथमिकतामा रहेको बताएको छ ।साथै कम्पनीले आफ्ना प्रयोगकर्ताहरु विशेषगरी युवाहरुलाई ध्यानमा राखेर उनीहरुको हित र गोपनीयता सुरक्षाका लागि बलियो नीति, प्रक्रिया तथा प्रविधि आफूसँग रहेको बताएको छ ।

२५ मे २०१८ देखि टिकटकको प्रयोग गर्ने बालबालिकाको हितमा पूर्वआयुक्त लङफिल्डले सो मुद्दा दायर गरेकी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]