०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक २७, २०७७

सप्तरी – रौतहटमा बुधबार राति १८ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहलाई अज्ञात समूहले गोली हानेको प्रहरीले जानकारी दिएको छ । हत्या गर्नुको कारण र संलग्न समूहको अहिलेसम्म पहिचान नभएको प्रहरीले बताएको छ ।

परिवारले प्रहरीलाई जनाएअनुसार अमृताकी आमा घरबाट बाहिर शौच गर्न गएको मौका छोपी करिब ११ बजे हतियारधारी समूह घरमा पसेर कन्चटमा गोली प्रहार गरी भागेको थियो । गोली लागेर ढलेकी अमृताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भरत श्रेष्ठले बताए । ‘हत्यामा संलग्नको खोजी भइरहेको छ । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ,’ उनले भने, ‘हत्यारा चाँडै पक्राउ पर्छन् । त्यसपछि कारण पत्ता लाग्छ ।’

सर्लाहीको मधुवनगोठका रुपेश साहसित २०७६ फागुनमा अमृताको बिहे भएको थियो । बिहेको केही समयपछि दुवैबीच सम्बन्ध राम्रो थिएन । यहीबीच अमृताका श्रीमान् रुपेशलाई अज्ञात समूहले गत वैशाखमा चक्कु प्रहार गरेर घाइते बनाएको थियो । सम्बन्ध राम्रो हुन नसकेपछि दुवैबीच गएको असारमा सम्बन्ध विच्छेद भयो ।

सम्बन्ध विच्छेदपछि अमृता लौकाहास्थित माइतीमै बस्दै आएको उनका काका नेवालाल साहले जनाए । ‘हत्या किन र कसले गर्‍यो भन्ने हामी अन्योलमा परेका छौं,’ उनले भने । डीएसपी श्रेठका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । ‘प्रहरीले शंकास्पद स्थानमा सर्च पनि गरेको छ,’ उनले भने, ‘हत्यामा संलग्न समूह चाँडै पत्ता लगाउँछौँ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]