२१ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक २६, २०७७

सप्तरी : मिस युनिभर्समा योपटक नेपालबाट थप एक प्रतिस्पर्धीले सहभागिता जनाउनेछन् । मिस युनिभर्स नेपालले मिस युनिभर्समा एक प्रतिस्पर्धी पठाउने तयारी गरेको हो ।

यसका लागि मिस युनिभर्स नेपालले मिस युनिभर्स नेपाल प्याजेन्ट आयोजना सुरु गरेको छ । प्रतियोगिताका लागि आजसम्म आवेदन आह्‍वान गरिएको छ । बिहीबार टप ५० सार्वजनिक गरिने आयोजक संस्थाकी निर्देशक नग्मा श्रेष्ठले जानकारी दिइन् । मंगलबारसम्म ८० भन्दा माथिले आवेदन दिएको र आज अन्तिम दिन भएको यो संख्या बढ्ने उनको अपेक्षा छ । “हामीलाई अन्तिममा १५ जना चाहिएको हो । प्रतिस्पर्धा सुरु भएपछि क्रमशः फाइनलका लागि प्रतिस्पर्धी छानिनेछन्,” नग्मा भन्छिन्, “डिसेम्बर अन्तिममा प्रतियोगिताको फाइनल हुनेछ ।’’

कोरोनाका कारण सबै ट्रेनिङ भर्चुल हुने तर फाइनल भने स्टेज बनाएर फिजिकल रुपमै हुने नग्मा बताउँछिन् । फाइनलको एक साताअगाडि प्रतिस्पर्धीलाई काठमाडौं बोलाएर ग्रान्ड फिनाले गर्ने तयारी रहेको उनी बताउँछिन् । निर्णायक ६ जना रहने तर को-को हुने छलफल भइरहे पनि निश्चित नभइसकेको आयोजक बताउँछ । संस्थाको एम्बेस्डरका रुपमा इन्दिरा जोशी, प्रेरणा शाह, स्वस्तिका श्रेष्ठ, शैली बस्नेतसहित दुई विदेशी महिला छन् ।

मिस युनिभर्समा नेपालले २०१७ बाट सहभागिता जनाउँदै आएको छ । नग्मा मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने पहिलो नेपाली हुन् । यो वर्षबाट भने नेपालबाट दुईजनाले उक्त प्रतिस्पर्धामा सहभागिता जनाउनेछन् । यसअघि देखि नै हिडेन ट्रेजरले मिस युनिभर्समा नेपालबाट प्रतिस्पर्धी पठाउँदै आएको छ ।

“मिस युनिभर्स नेपाल छुट्टै छनोट गर्दा विजेतालाई मिस युनिभर्समा प्रतिस्पर्धा गर्न सजिलो हुन्छ । एउटै संस्थासँग एकभन्दा धेरै फ्रेन्चाइज हुँदा प्रतिस्पर्धी अलमलमा हुन्छन्, यो म आफैं र अरु सहभागीले भोगेको समस्या पनि हो,” नग्मा भन्छिन्, “जस्तै मिस नेपालमा सहभागी प्रतिस्पर्धी कसैले पनि मिस नेपालबाहेक अरु टाइटल जित्छु भनेर सोचेको हुँदैन । तर मुख्य टाइटल नजितेर अरु टाइटल जितेपछि त्यसमा सहभागी हुनुपर्दा उसले तयारी गरेकोभन्दा फरक तरिकाले अगाडि बढ्नुपर्दा अन्तर्राट्रिय प्याजेन्टमा जाँदा बलियो उपस्थिती जनाउन सकिँदैन । यो दोधार र अलमल नहोस भनेर मैले मिस युनिभर्सलाई मात्रै लक्षित गरेर यो प्याजेन्ट आयोजना गरेकी हुँ ।”

मिस युनिभर्स नेपालको टाइटल विजेताले मिस युनिभर्समा सहभागिता जनाए पनि फर्स्ट रनरअप र सेकेन्ड रनरअपले भने कुनै पनि अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्टमा सहभागी हुन पाउने छैनन् । “हामीले अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्टमा क्राउन जितेका छैनौं । अब भने जित्नुपर्छ भनेर प्रयास गरिरहेका छौं । यसकै लागि हाम्रो यो प्रयास हो,” नग्मा भन्छिन् । मिस युनिभर्स नेपालको विजेताले १० लाख रुपैयाँ नगद जित्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]