१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, कार्तिक २५, २०७७

सप्तरी: झापाका दुई भिन्न स्थानबाट लागुऔषधसहित सोमबार तीन जना पक्राउ परेका छन् । दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

सोमबार राति करिब ८ः१५ बजे दमक–८ का २८ वर्षीय अङ्कित कार्कीको घरको कोठामा लुकाइछिपाई लागुऔषध राखेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लुपिजेसिक ८३ एप्पुल, डाइजेपाम ८३ एम्पुल र फेनरागन ८३ एम्पुल बरामद गरेको थियो ।

लागुऔषध बरामद भएको कोठामा दमक–७ का २८ वर्षीय अमन लिङ्फेप लिम्बूसमेत रहेकाले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रनाउ थापाले बताए ।

यसैबीच मेचीनगर नगरपालिका–६ काली मन्दिर छेउबाट नियन्त्रित लागुऔषध ब्राउनसगुरसहित एक जना पक्राउ परेका छन् । सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले सोमबार मेचीनगर–१४ का ३० वर्षीय कुमार विकलाई तीन ग्राम लागुऔषध ब्राउसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका विकको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]