३१ बैशाख २०७८, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०५, २०७८

कट्टर दुश्मन रहिआएका साउदी अरब र इरानका वरिष्ठ अधिकारीहरूबीच पाँच वर्षमा पहिलोपटक प्रत्यक्ष कुराकानी भएको छ ।

यो वार्ता इराकको राजधानी बग्दादमा भएको र सम्बन्ध सुधारका लागि पहल गरिएको बताइएको छ । पश्चिम एसियाका यी महत्त्वपूर्ण मुलुकहरूले पाँच वर्षअघि कूटनीतिक सम्बन्ध तोडेका थिए । फाइनान्सियल टाइम्सको समाचारअनुसार, साउदी अरब र इरानबीचको कुराकानीका लागि इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीले माहौल मिलाएका हुन् ।

अहिले साउदी अरब यमनमा नराम्ररी फसेको छ र त्यहाँ उसले इरानसमर्थक हूती विद्रोहीको सामना गरिरहेको छ । हूतीहरूले साउदीका तेल कुवा र शहरहरूमा हवाई आक्रमण गर्ने गरेका छन् । हूतीहरूको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणका कारण साउदीले निकै क्षति सहनुपरेको छ । अहिले इरानसँग वार्ताको पहल साउदीका युवराज मोहम्मद बिन सलमानले अमेरिकाको बाइडन प्रशासनको समर्थन हासिल गर्नका लागि गरेको बताइन्छ । जो बाइडनले इरानसँगको आणविक सम्झौतामा अमेरिकालाई पुनः जोड्ने कोशिश गरिरहेको बताइन्छ ।

अनि बाइडनले साउदीसँगको सम्बन्ध समीक्षा गर्न र यमनमा युद्ध अन्त्य गर्न पनि वाचा गरेका छन् । इरान र साउदीबीच अर्को हप्ता पनि वार्ता हुन सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]