२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक २४, २०७७

सप्तरी – बजार तथा पसलमा हुने अनियमितता नियन्त्रण गर्न तीन तहका सरकारबीच तालमेल नभएको तानसेनमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। समन्वय नहुँदा उपभोक्ता मारमा परेको उनीहरूको ठहर छ। यो वा त्यो वहानामा उपभोक्ता ठगिएको भए पनि समन्वय नहुँदा कारबाही प्रक्रिया फितलो भएको छ। छुट्टाछुट्टै अनुगमन गर्ने प्रवृत्तिले व्यापारीको बदमासीसमेत नियन्त्रण हुन सकेको छैन।

नगरपालिकाको आयोजनामा ‘स्वच्छ बजार तथा उपभोक्ता हित संरक्षणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्। तानसेन नगरपालिकाले ऐन नियम बनाएर कालोबजारी नियन्त्रण गर्ने अभियानमा रहेको नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले बताइन्। संघ सरकारसँग नबाझिने गरी कानुन बनाउन लागेको उनले सुनाइन्।

‘एउटा व्यापारी अर्को वस्तु खरिद गर्दा उपभोक्ता नै हो’ उनले भनिन् ‘आफूकहाँ आएका उपभोक्तालाई गुणस्तरीय र सही मूल्यमा वस्तु उपलब्ध गराउनुपर्छ। अन्यथा उपभोक्ताको हितविपरीत कार्य गर्नेलाई कारबाही गर्नुपर्छ।’

सबै उपभोक्तालाई अधिकारबारे अझै पनि थाहा नभएको प्रमुख प्रशासकीय अधिकृत डिल्ली राज बेल्बासेले बताए। ‘उपभोक्तालाई जनचेतनामूलक कार्यक्रम आवश्यक छ’ उनले भने ‘कानुनी कारबाहीले मात्र व्यापारीको मनपरी नियन्त्रण हुँदैन।’ गरिब तथा विपन्न परिवारको लागि सरकारले सुपथ मूल्य पसल संचालन गर्नुपर्नेमा उनले जोड दिए। तानसेन नगरपालिकाले सुपथ मूल्यको पसल संचालन गर्ने कार्यक्रम ल्याउने तयारी गरेको बेल्बासेले सुनाए।

कालोबजारी गर्नेलाई कारबाही

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठले कालोबजारी गर्ने व्यापारीलाई प्रशासनले कारबाही गर्ने चेतावनी दिइन्। आफू ठगिएको महसुस भएका उपभोक्तालाई प्रशासन तथा नजिकको कुनै पनि सरकारी निकायमा उजुरी गर्न उनले आग्रह गरिन्।

बजार अनुगमन र कारबाही प्रक्रियामा तीन तहका सरकारबीच समन्वय नभएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख देवीराम भण्डारीले बताए।

‘अनुगमन गर्ने तर कारबाही गर्ने अधिकार हाम्रो कार्यालयलाई छैन्’ उनले भने ‘तीन तहका सरकारबीच तालमेल गरेर अनुगमन तथा कारबाही प्रक्रियालाई प्रभावकारी बनाउनु पर्छ।’

उपभोक्ता हित संरक्षण मञ्‍च नेपालका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्माले इच्छाशक्ति भएमा बदमासी गर्ने व्यापारीलाई कारबाही गर्न सकिने दावी गरे। उपभोक्तालाई ठगी गर्ने व्यापारीलाई ठाउँको ठाउँ कारबाही गर्ने कानुन बनेको छ उनी बताउछन्। ‘सामाजिक संस्था भुक्ने कुकुर जस्तै हुन्। बोल्ने मात्र हो। कारबाही गर्न सक्दैन्’ उनले भने ‘उपभोक्ताको उजुरी हैन, अनुगमनकाक्रममा तयार भएको मुचुल्का भए सम्बन्धित निकायले कारबाही गर्नुपर्छ।’

पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेले कतिपय व्यापारी कानुनबारे अनविज्ञ रहेको बताए। कर्हीकतै गलत गरेका व्यापारी फेला परे उनीहरूको अवस्था हेरेर पहिलो पटक सचेत गराउन उनले आग्रह गरे। लकडाउनले प्रताडित भएका व्यापारीलाई अहिले नै अनुगमन गरेर कारबाही गर्न नमिल्ने उनको भनाइ छ।

पहिले कुनै पनि वस्तुको ल्याव टेष्ट गरेर मात्र पसल संचालन गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले बताए।

मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले उपभोक्ताको हक अधिकारका बारेमा सहजीकरण गरेका थिए। कार्यक्रममा अन्य सहभागीले म्याद नाघेका खाद्यवस्तु बिक्री गर्ने, मूल्य बढी लिने, मूल्य सूची नराख्ने, बिल नदिने अधिकांश व्यापारीको प्रवृत्ति रहेको गुनासो गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]