२२ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

पाँचथर – उच्चहिमाली क्षेत्रको वन, वातावरण जोगाउँदै फालोट क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने उद्देश्यका साथ आगामी वैशाख १ गते चौथो चौंरी महोत्सव हुने भएको छ ।

परम्परागत चौंरी पालन हराउँदै गएकोमा फालेलुङ गाँउपालिकाअन्तर्गतका सिदीन, प्राङबुङ, मेमेङका चौंरी पालक कृषकको अगुवाइमा चौंरी महोत्सव हुँदै आएको हो ।फालेलुङ गाउँपालिकाको सहयोगमा दिप ज्योति युवाक्लब, फालेलुङ कञ्चनजंघा पर्यटन संस्था लगायतको आयोजनामा महोत्सव हुन लागेको हो । अघिल्लो वर्ष कोभिड १९ का कारण यो महोत्सव हुन सकेको थिएन ।

फालेलुङ–४ स्थित फालोट एक दिने महोत्सव गर्ने तयारी गरिएको फालेलुङ गाउँपालिकाले सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । तीन हजार पाँच सय ६० मिटरको उचाइमा रहेको नेपाल, भारतको पश्चिम बंगाल र सिक्किमको सिमानामा रहेको फालोट, तीन सिमानामा नयाँ वर्षको अवसर पारेर वैशाख १ गते महोत्सव गर्न लागिएको हो ।फालोट क्षेत्र उच्च हिमाली क्षेत्र हो । नेपाल भारत सिमानमा पर्ने उक्त क्षेत्रमा चौंरी महोत्सव आयोजना हुन लागेको हो । दुई वर्ष अगाडीबाट सुरु भएको महोत्सवमा नेपाल, भारत र भुटानबाट पर्यटकहरु आउने गरेका छन् ।

चौंरी महोत्सवमा पाँच सयभन्दा बढी चौंरीहरु एकैसाथ प्रदर्शन गर्ने तयारी रहेको आयोजकले जनाएको छ । यस क्षेत्रमा २१ वटा चौंरी गोठहरु छन् ।
चरण क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौंरी गोठहरु घट्दै गएका छन् । गोठमा चौंरी घट्ने क्रमसँगै चौंरी संस्कृति हराएकाले यसको संरक्षणका लागि महोत्सवको तयारी गरिएको दिपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल राईले जानकारी दिए ।

बस्तीविहीन जंगली क्षेत्रमा आयोजना गरिने चौंरी माहोत्सवमा आन्तरिक र बाह्य गरी १०–१५ हजार पर्यटकलाई सहभागी गराउने आयोजकको तयारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]