२५ आश्विन २०८३, आइतबार
wait Please...

एस.एन.यादब

आइतबार, कार्तिक २३, २०७७

सप्तरी – प्रदेश न. २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राष्ट्रियका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भएको खेलकुदमा प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको बताएका छन ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकास्थित तोपामा आयोजित शहिद प्रभु नारायण यादव स्मृति क्रिकेट प्रतियोगिताको समुदघाटन कार्यक्रमलाई सबोधन गर्दै मन्त्री साहले यस्तो कुरा बताउनुभएको हो । प्रमुख अतिथिको आसन्नबाट बोल्दै उहाँले स्वास्थ्य र मानसिक रोगबाट मुक्ति पाउनका लागि खेलकुदले अहम भुमिका निर्वाह गर्ने जिकिर गर्नुहुँदै मन्त्री साहले खेलकुदका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको तथा स्थानीय ,प्रदेश र संघिय सरकारलाई समेत खेलकुदमा लगानी गरी सहयोग गर्न आग्रह गर्नुभएको छ ।


मन्त्री साहले संरक्षण अभावमा यहाँका खेलाडीहरु पलायन हुने क्रम बढेकाले खेलाडीहरुलाई राज्यले संरक्षण सम्वद्र्धन नगरेसम्म खेलाडीहरु अगाडी बढन नसकिने भएकाले यसमा सरकारी लगानीको खाँचो रहेको स्ष्पट पार्नुभयो । यस्तै लोप हुँदै गएको खेलहरुलाई समेत उजागर गर्नुपर्ने आवश्यकता रहेकाले खेललाई खेलकुदकै माध्मबाट प्रतिस्पर्धा गर्न सम्पुर्ण खेलाडीहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँले प्रभु नारायण यादव निष्पक्ष निजामति कर्मचारी रहेको दावी गर्दै उहाँको जति सुकै चर्चा गरेपनि सो थोरै हुने तथा समाजका लागि समेत उहाँले अहम भुमिका निर्वाह गरेको बताउँदै उहाँले शहिद प्रभु नारायण यादवको ट्रस्ट निर्माणमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

सो प्रतियोगिताको समुदघाटन समारोहमा जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव मनोज ,तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह , तिलाठी कोईलाडी गाउँपालिका वडा न. १ का वडाअध्यक्ष दिनेश्वर मिश्र ,वडाअध्यक्ष खगेन्द्र मण्डल ,भुमि रक्षक एवं समाजसेवि देब नारायण यादव ,जसपाका विद्यार्थी नेता किशोर कुमार यादव केसी ,जसपा नेताहरु गुडडु सिंह ,निरज मुक्ति ,महिला नेतृ मान्ति सदा ,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश कुमार झा ,पत्रकारद्धय चन्दन कुमार यादव ,जितेन्द्र झा जितु सहितका बक्ताहरुले आ आफनो धारणा राख्नुभएको थियो ।


शहिद प्रभु नारायण ट्रस्टद्धारा संचालित सो क्रिकेट प्रतियोगितामा एलविडब्लु बाहेक अन्र्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसिसीका सम्पुर्ण नियम लागु भएको शहिद यादवका छोरा राधेश्याम यादवले जानकारी दिनुभयो । उहाँले सो प्रतियोगितामा प्रथम हुने टिमलाई ११ हजार १ सय ११ रुपैया र दोश्रो हुनेलाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरुस्कार तथा शिल्ड प्रदान गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]