०२ चैत्र २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र २७, २०७७

धादिङ – अवैध रुपमा ल्याउँदै गरेका जडिबुटी सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । खनियावास गाउँपालिका–३ दामन(पाख्रीन सडकबाट अवैध रुपमा ल्याउँदै गरेका विभिन्न जडिबुटी सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा खनियावास गाउँपालिका–२ बस्ने ३५ वर्षीय रामकुमार तामाङ र सोही गाउँपालिका–३ बस्ने ४७ वर्षीय उद्धब सिं तामाङ रहेका छन् । डुण्डुरेबाट धादिङबेसीतर्फ आउँदै गरेको बा–५ ख ६३४५ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङ तथा मातहत समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अबैध रुपमा ल्याउँदै गरेका ३ सय ५९ किलोग्राम मजिठो, १ हजार १४ किलोग्राम पाखनबेद, १७ किलोग्राम चिराईतो र ८ किलोग्राम कालीकाठ दाना ९कालीदाना० जडिबुटी फेला पारी चालक रामकुमार र उद्धबलाई पक्राउ गरेको जनाएको छ ।

उनीलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]