०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

धरान – सामान्यतया अस्पतालमा निको भएर सकुशल घर फर्कने उद्देश्यले अस्पतालमा विरामी आउने गर्दछन् ।

तर, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आउने विरामीहरुले अकालमा ज्यान गुमाउने गरेको स्थानीयको गुनासो छ ।एसियाकै नमुना मानिने बीपी प्रतिष्ठान पछिल्लो समय लथालिङ्ग बनेको छ । प्रतिष्ठान भर्ना भएका विरामीहरुलाई चिकित्सकहरुले समयमा परीक्षण नगर्ने, सिकिस्त विरामीलाई आईसीयू बेडको व्यवस्था नगर्ने, सिटी स्क्यान, एमआरआई र भिडियो एक्सरे परीक्षण तत्काल नगर्दा विरामीले अकालमा ज्यान गुमाउनु परेको छ ।

प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका विरामीलाई बेड उपलब्ध नगराउँदा खाली भुइँमा राखेर उपचार गर्ने गरिएको छ । आकस्मिक कक्षमा भर्ना भएका विरामीहरुलाई आईसीयू आवश्यक परे यहाँका चिकित्सकहरुले विराटनगर रेफर गर्ने गरेका छन् ।प्रतिष्ठान भर्ना भएका विरामीहरुलाई सहज उपचारको व्यवस्था नमिलाएकै कारण दैनिक विरामीहरुले अकालमा ज्यान गुमाउनु परेको स्थानीयको गुनासो छ । केही दिन अगाडि प्रतिष्ठानमा भर्ना भएका धरान १७ का कर्ण बहादुर राईलाई आईसीयूको आवश्यकता भयो ।प्रतिष्ठानको मेडिसिन वार्डमा रहेका उनलाई चिकित्सकले प्रतिष्ठानमा आईसीयू नभएको विराटनगर लैजान रेफर गरे । तर, स्थानीय संचारकर्मीले आईसीयूको १० नम्बर बेड खाली भएको भन्दै प्रतिष्ठानका चिकित्सकलाई त्यही भर्ना गर्न दवाव लिए ।

संचरकर्मीहरुको दवावपछि कर्णबहादुरलाई आईसीयुमा भर्ना गरिए पनि उनको निधन भयो । कर्णबहादुरका भाई कविकुमार राईले प्रतिष्ठानका चिकित्सकहरुको चरम लापरवाहीकै कारण आफ्नो दाजुको ज्यान गएको आरोप लगाए । उनले प्रतिष्ठानमा आईसीयू बेड हुँदा समेत यहाँका चिकित्सकहरुले कमिसनको लोभमा विराटनगरका महंगो अस्पतालमा रेफर गर्ने गरेका कारण कतिपय विरामीको अकालमै ज्यान जाने गरेको उनको आरोप छ ।प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका विरामीहरुलाई चिकित्सकहरुले तत्काल उपचार नगरेको गुनासो दैनिक व्यवस्थापन पक्षकोमा पुग्ने गरेको छ । तर, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह र उपकुलपती डा. ज्ञानेन्द्र गिरीले उपचार सेवा व्यवस्थित गर्न नसक्दा विरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन् ।शुक्रवार संखुवासभाको मादीमा यात्रुवस दुर्घटना हुँदा ४० भन्दा बढी यात्रु घाइते भए । गम्भीर घाइतेहरुलाई शुक्रवार नै प्रतिष्ठान भर्ना गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी सभापोखरी गाउँपालिकाकी डम्बरकुमारी राईको कम्मर मुनिको भाग नचल्ने भएको छ ।

उनको तत्काल शल्याक्रिया गर्नुपर्ने भए पनि आकस्मिक कक्षका चिकित्सकहरुले उनको शल्यक्रिया नगरी हाडजोर्नी वार्डमा रेफर गरिदिएका छन् । डम्बरकुमारीको तत्काल शल्याक्रिया नगरिदिएका कारण उनको स्वास्थय झन जटिल बनेको उनकी नन्द सानु लिम्बुले बताइन् ।पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर १ की बुधमाया इङनामलाई बिहीवार प्रतिष्ठानमा उपचारका लागि भर्ना गरियो । तर यहाँका चिकित्सकहरुले उपचार गर्नको साटो विराटनगरको न्यूरो हस्पिटल रेफर गरिदिए । प्रतिष्ठान जस्तो ठूलो अस्पतालमा चिकित्सकहरुले राम्रो उपचार गर्न छाडेर विराटनगर रेफर गरेपछि बुधमायाका आफन्तले पनि यहाँका चिकित्सकको कार्यशैली प्रति असन्तुष्टि जनाएका छन् ।बुधमायाका भाई दिलकुमार फोम्बोले प्रतिष्ठानका चिकित्सकहरुको चरम लापरवाहीका कारण विरामीहरुले अकालमा ज्यान गुमाउने गरेको बताए । प्रतिष्ठानमा विरामी बोक्ने हुईलचियर पनि नभएको बेड नहुँदा खाली भुइँमा राखेर उपचार गर्नु प्रतिष्ठानको चरम लापरवाही गरेको उनको आरोप छ ।

कर्णबहादुर, डम्बरकुमारी र बुधमाया त प्रतिनिधि पात्र हुन् । यहाँ दैनिक उपचारका लागि आउने विरामीहरुले धेरै सास्ती बेहोर्नु परेको छ । प्रतिष्ठानमा दैनिक हजारौँ विरामीले यस्तै सास्ती बेहोर्नु परेको छ । बीपी प्रतिष्ठानको आकस्मिक कक्षका प्रमुख डा. ज्ञानेन्द्र मल्लले आकस्मिक कक्षमा विरामीको चाप बढेका कारण व्यबस्थापन पक्षसँग आवश्यक जनशक्ति, बेड, ट्रली, ह्वील चियर लगायत आवश्यक सामाग्री पटक पटक माग गरिएको भए पनि उपलब्ध नभएका कारण विरामीको उपचारमा गम्भीर समस्या भएको बताएका छन् ।विरामीको संख्या बढी र चिकित्सक, नर्सको संख्या कम भएकाले सबै विरामीलाई एकैचोटी हेर्न समस्या भएको उनको भनाइ छ ।बीपी प्रतिष्ठान सुधार संर्घष समितिका उपाध्यक्ष डा. राजेन्द्र शर्माले पटक पटक प्रतिष्ठानको सेवा सुधार गर्न प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहलाई अनुरोध गर्दा समेत अटेर गरेको बताए ।

पछिल्लो समय राजनीतिक हस्तक्षेपका कारण प्रतिष्ठानको पदाधिकारी भएर आउनेहरुले नै प्रतिष्ठान विगारको उनको आरोप छ । प्रतिष्ठानमा उपचारका लागि आउने विरामीले भिडियो एक्सरे र सिटी स्क्यान गर्नुपर्दा महिना दिनसम्म पर्खँदा समेत पालो नआउनु प्रतिष्ठानले विरामीको उपचारमा चरम लापरवाही गरेको डा शर्माले बताए ।प्रतिष्ठानका सहायक प्रवक्ता डा. चडामणि पोखरेलले प्रतिष्ठानमा विरामीको चाप बढेका कारण भुइँमा राखेर उपचार गर्नु परेको बताए ।

उनले आकस्मिक कक्ष लगायतका वार्डहरुमा प्रतिष्ठानमा आवश्यक बेड, ट्रली र ह्वील चियर लगायत सामाग्री खरिद गर्न टेण्डर आह्वान भैसकेकाले केही दिनमै उपचार सेवा प्रभावकारी बनाउने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]