२४ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

जोमसोम – मुस्ताङमा नेपाली सेनाले ‘सफा हिमाल’ अभियान सुरु गरेको छ । सरकारको राष्ट्रिय अभियान २०२१ अन्तर्गत प्रकृति तथा पर्यावरण संरक्षण तथा जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सफा हिमाल अभियान सुरु भएको हो ।

अभियान अन्तर्गत सगरमाथा लगायत ६ वटा हिमाल सरसफाइ गर्ने कार्यक्रम सेनाले तय गरेको मुस्ताङको जोमसोम स्थित सैनिक उच्चशिखर शिक्षालयमा आयोजित कार्यक्रममा जनाएको हो ।सेनाले हिमाली जिल्ला मुस्ताङमा ‘सफा हिमाल’ कार्यक्रममा सेनाका ५० जना सहभागी गराउने जनाएको छ । मुस्ताङको खम्पा हेडक्वाटर कैसाङ क्याम्प क्षेत्र र जोमसोममा तालिम सञ्चालन गरेको जनाएको छ । तालिम लिइरहेका सेनाको टोलीबाट हिमाल सरसफाइ कार्यक्रम सम्बन्धी जानकारी एंव सरसफाइ/आरोहरण दौरान आइपर्ने समस्या र चुनौती बारे प्रशिक्षण गरिएको छ ।

शुक्रबार शिक्षालयको क्याम्पमा ‘हिमाल सफा’अभियानमा आउनसक्ने विपद् उद्दार सम्बन्धी नाटक (डेमो) प्रर्दशन गरियो । अभियानको नेतृत्व गर्ने सेनाको टोलीले अन्तरक्रिया तथा कार्यक्रमबारे स्थानीय जनप्रतिनिधि, प्रशासन, स्थानीय तह, सुरक्षा निकाय, एक्याप र अन्य निकायलाई जानकारी गराएको छ । अभियान अन्तर्गत मुस्ताङमा खटिएको टोलीले धवलागिरि हिमाल सरसफाइ गर्ने तयारी गरेको जनाएको छ । यसका लागि सरोकारवाला निकायसँग सहयोग र समन्वय गर्न छलफल गरिएको छ ।सरकारको ‘सफा हिमाल’ अभियान अन्तर्गत प्रदुषण रोक्ने, जलवायु परिवर्तन न्युनिकरण गर्ने हिमाली अर्थव्यवस्था अभिवृद्धि गर्न सरकारलाई सहयोग गर्ने, पर्यटन प्रर्वद्धन तथा पर्वतारोहीलाई आकर्षित गर्ने र भावी पुस्ताको लागि हिमालको संरक्षण गर्ने लक्ष्य रहेको बताइएको छ । सेनाले जिम्मा पाएको यस अभियानमा नेपालका व्यवसायीक पर्वतारोही समेतलाई समावेश गराइने भएको छ ।

अभियानलाई वन तथा वातावरण मन्त्रालय, पर्यटन मन्त्रालय, पर्यटन विभाग र पर्यटन बोर्डले सहयोग गर्ने जनाइएको छ । अभियान मार्फत् नेपाली सेनाको स्रोत साधनको अधिकतम उपयोग गर्दै संकलित फोहोरको वर्गिकरण गर्ने, अभियानसँग समन्वय राख्ने, सरोकारवाला निकायको पहिचान र सहकार्य गर्ने र धेरै भन्दा धेरै आरोहीलाई बेसक्याम्प भन्दा माथिबाट फोहोर संकलन गर्ने लक्ष्य रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]