२१ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

नेपाल वायु सेवा निगमले अकस्मात उडान रोक्दा स्वदेश फर्किन क्वालालम्पुर विमानस्थल पुगेका सयौं नेपाली विमानस्थलमा अलपत्र परेका छन् ।

नेपाल एयरलाइन्सले अप्रिल २ तारिख शुक्रबार र अप्रिल ३ तारिख शनिबार विहानका लागि तय गरेको उडान आर.ए. ४१६ को फ्लाईट रद्ध गरेपछि मलेसिायका विभिन्न शहरबाट क्वालालम्पुर विमानस्थल पुगेका यात्रु अलपत्र परेका हुन् ।
प्राविधिक कारणले नेपाल एयरलाइन्सको क्वालालम्पुर काठमाडौंका लागि तय भएको अप्रिल २ र ३ तारिखको फ्लाईट क्यान्सिल भएको बताइएको छ ।

अर्को उडान अप्रिल ४ तारिख आइतबार बिहान स्थानीय समयानुसार ५ बजेर ४५ मिनेटमा हुने छ । नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत सोही टिकटमा नेपाल फर्काइने र यात्रुले अन्य शुल्क तिर्न नपर्ने बताएका छन् ।

तर स्वदेश फर्किने यात्रु अनिवार्यरुपमा ७२ घण्टा भित्रको कोरोना परीक्षणको रिपोर्ट साथमै हुनुपर्ने नियमले यात्रुहरुलाई समस्या पारेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]