झापा – झापाको विर्तामोडका एक पुरुषले आफ्नै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई एक वर्षदेखि जबरजस्ती करणी गरेको खुलेको छ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ती पुरुष पक्राउ परेका छन्।विगत तीन वर्षदेखि आफैले संरक्षण गरेर घरमा राखेको नातेदार पर्ने ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले जानकारी दिए।चैत १६ गते पछिल्लो पटक जबरजस्ती करणी गर्दैगर्दा ती पुरुषकी श्रीमतीले देखेपछि सो घटना बाहिर आएको प्रहरीले जनाएको छ।
ती पुरुषविरुद्ध चैत १८ गते इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडमा किटानी जाहेरी परेको थियो।सो घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।