काठमाडौं – नेकपा एमालेको वरिष्ठ नेता माधव नेपाल समूहको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । शुक्रबारदेखि जारी रहेको यस बैठक आज पनि दिउँसो ३ बजे बस्ने बताइएको छ ।
शुक्रबार नेता योगेश भट्टराईले राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा आएका विभिन्न प्रस्तावका बारेमा शनिवारको बैठकमा निर्णय हुने बताएका थिए । आजको बैठकमा संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका विषयमा राष्ट्रव्यापी अभियान घोषणा गरिने बारे निर्णय हुनेछ । पार्टीको कारबाहीमा परेपछि नेपाल समूहले छुट्टै पार्टी बनाउने भनिए पनि तुरुन्तै अहिले नयाँ पार्टी नबनाउने भएको छ । अहिले एमालेमै रहेर सुदृढीकरणको राष्ट्रव्यापी अभियान चलाउने भएको छ। यसैका लागि राष्ट्रब्यापी रुपमा पार्टीमा सर्कूलर गर्ने यस समूहको तयारी रहेको बताइएको छ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलील नेताहरु माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।
पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नदिएको भन्दै पार्टीले उनीहरुलाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको हो ।