१७ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

गोरखा – मनकामना केबलकार एनालगबाट डिजिटल प्रविधिमा लैजान लागिएको छ ।

२३ वर्षअघि मनकामना मन्दिर जानेहरूलाई लक्ष्य गरेर सेवा थालेको केबलकारको पुरानो प्रविधिले मर्मत खर्च बढेपछि नयाँ प्रविधिमार्फत प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।केबलकार स्तरोन्नतिको काम तीन चरणमा हुने बताइएको छ ।पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिनेछ । दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिने शेरचनले बताए । ‘अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिनेछ,’ उनले भने ।

केबल लट्ठा फेर्ने, कम्युनिकेसन केबललाई सेट्रा केबल र डीसी ड्राइभलाई एसी ड्राइभमा रूपान्तरण गरी प्रविधियुक्त बनाइने कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नियमित मर्मतसम्भारका अतिरिक्त स्तरोन्नति गर्दा सेवा अवरुद्ध हुन सक्ने शेरचनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]