सप्तरी – सप्तरीको बोदे बर्साईन नगरपालिकामा बाल्टिनमा भरेको पानीमा डुबेर एक १६ महिनाका नाबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाकाे बोदे बर्साईन नगरपालिका वडा नम्बर- ३ मधुवन बस्ने देबिन यादवको १६ महिने छोरी अस्मिता कुमारि यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।कपडा धुनको लागि ठूलो खालको बाल्टीनमा पानी भरेरे राखेको खेल्ने क्रममा बच्चा उल्टो परेर बाल्टीनमा खसेपछि निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।यता साे घटनाको सम्बन्धमा थप अावश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र पासमानले जानकारी दिनुभएको छ ।
यसेबिच मृतक नाबालिकाकाे शव पाेष्टमाटसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।