
सप्तरी – सप्तरीमा सचेत हुनु पर्ने आवसक्ता संगै कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास सुरु भएको छ । विहिवार गजेन्द्रनारायण सिंह अस्पतालको परीक्षणमा एक युवकमा संक्रमण पुष्टि भएसँगै त्रास सुरु भएको हो ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार राजविराज नगरपालिका–२ का २१ वर्षीय युवकमा संक्रमण देखिएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालमा दुई जनाको स्वाब परीक्षण गरिएकोमा युवकमा संक्रमण पुष्टि भएको यादवले जानकारी गराए । युवक हाल होम होमआइसोलेसनमा रहेको निमित्त प्रमुख यादवले बताए ।