१९ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

काठमाडौं – मनकामना केबलकारको स्तरोन्नति हुने भएको छ । नयाँ नयाँ प्रविधिको विकास भएसँगै केबलकारलाई नयाँ प्रविधियुक्त बनाउन लागिएको कम्पनीले जनाएको छ ।

२०५५ सालदेखि संचालनमा आएको मनकामना केबुलकार अब डिजिटल प्रविधिमा रुपान्तरण हुने र यसका लागि कम्तीमा पनि २ वर्षको अवधि लाग्ने कम्पनीले जनाएको छ । यो अवधिमा बेलाबखत केबलकारको सेवामा अवरुद्ध हुन सक्ने भन्दै कम्पनीले यात्रु तथा भक्तजनहरूलाई जानकारी गराएको छ । केबलकारको स्तरोन्नतीका लागि कम्पनीले पहिलो चरणमा पार्टपुर्जा फेर्ने र दोस्रो चरणमा नयाँ पूर्वाधारको निर्माण गरिने जनाएको छ ।

यसैगरी, तेस्रो चरणमा एनालग प्रविधिमा संचालन भइरहेको केबुलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने, मुख्य लठ्ठा (केबल)लाई फेरबदल गर्ने, कम्युनिकेट केबललाई सेट्रा केबलमा रुपान्तरण गर्ने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुमान्तरण गरी हाल विश्वभर संचालनमा आएको प्रविधियुक्त बनाउने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]