३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

काठमाडौं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले स्ववियू निर्वाचनको ठोस र मूर्त कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।
बिहीबार अखिल क्रान्तिकारीले स्ववियू निर्वाचन सञ्चालन गर्नेसहितका माग राखी त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बस्कोटालाई १८ बुँदे ज्ञापनपत्र बुझाएको हो ।राजनीतिक भागबण्डा खारेज हुनुपर्ने, लामो समयदेखि हुन नसकेको स्ववियू निर्वाचन यथाशीघ्र गर्नुपर्नेलगायतका माग राख्दै ज्ञापनपत्र बुझाइएको हो ।ज्ञापनपत्र बुझाउने कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ, उपाध्यक्ष दिपक देवकोटा, महासचिव उत्तम अधिकारीसहितका केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।ज्ञापनपत्र बुझाउनुअघि अखिल क्रान्तिकारी समर्थित विद्यार्थीहरूले उपकुलपतिको कार्यालय प्राङ्गणमा विभिन्न माग राखी नारासमेत लगाएका थिए ।

अखिलले कोभिडको समयको शुल्क मिनाहा हुनुपर्ने, स्ववियू निर्वाचन कार्यतालिका सार्वजनिक हुनुपर्ने, विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य हुनुपर्ने, सबै विद्यार्थीको स्वास्थ्य बीमा अनिवार्य हुनुपर्नेलगायतका मागहरू राखेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]