३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

कोरोनाका कारण ठप्प रहेका हलहरु पौष १० गतेबाट एकफर्ती र पौष २६ गतेबाट सरकारी निर्णय अनुसार नै संचालनमा आए ।

१० महिनासम्म हलमा ताला लगाउनु पर्दा मारमा परेका व्यवसायीहरु हल खुलेपछि उत्साहित थिए । चलचित्र रिलिज हुने र दर्शकको चाप हलमा बढ्ने आशा उनीहरुमा थियो । तर, हल खुलेपछि रिलिज भएका नेपाली र विदेशी चलचित्रले दर्शकलाई हलसम्म तान्न सकेनन् । यतीसम्म कि, हल संचालकहरुको हल चलाउने खर्च पनि उठ्न सकेन ।

उनीहरुको आशा अझै मरेको थिएन । केही ठूला बलिउड र हलिउड चलचित्र रिलिज हुने तयारीमा रहँदा प्रदर्शकहरु उत्साहित थिए । साथै, नेपाली चलचित्रको रिलिज मिति पनि निर्माताले तोक्न थालेका थिए । जसलेगर्दा, हलमा दर्शकको चाप बढ्ने र पुरानै अवस्थामा फर्किने आशा उनीहरुमा थियो । तर, कोरोनाको दोश्रो लहर सुरु भएपछि भने प्रदर्शकहरुको आशा निराशामा बदलिएको छ ।चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान भन्छन्–‘हामी त खै के गर्ने गर्ने भन्ने अवस्थामा छौं । न त सरकारले कुनै सहयोग गरेको छ, न त चलचित्र विकास बोर्डले नै ध्यान दिएको छ । काठमाण्डौ बाहिरका प्रदर्शकहरुको अवस्था त झनै कहालीलाग्दो छ ।’

चलचित्र ‘कृष्ण लीला’का निर्माताले हलहरुले एमजी दिएको अवस्थामा चैत्र २७ गते चलचित्र रिलिज गर्न सक्ने बताएका थिए । तर, अध्यक्ष प्रधान भन्छन्–‘हामी बलियो अवस्थामा भएको भए एमजीको कुरा गर्न सकिन्थ्यो । तर, हामी आफै नाजुक अवस्थामा छौं । यस्तो अवस्थामा एमजी दिन कुनै पनि हल संचालक साथीहरु तयार हुनु भएन । बरु, शेयर १५–२० प्रतिशत बढी दिन सकिन्छ । तर, एमजी दिने अवस्थामा हामी आफै छैनौं ।’प्रदर्शकहरु एमजी दिन तयार नभएपछि ‘कृष्णलीला’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ ।

अध्यक्ष प्रधान भन्छन्–‘भारतमा पनि ठूला चलचित्र सबै पोष्टपोन्ड भैरहेका छन् । यस्तो अवस्था कहिलेसम्म रहन्छ भन्न सकिदैन । हामी के गर्ने सोच्न नसक्ने अवस्थामा छौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]