३० भाद्र २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

एजेन्सी – अप्रिल १ को दिन विश्वभरी ‘अप्रिलफूल दिवस’ मनाइन्छ । आज धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन् ।

यो दिवसलाई पश्चिमी राष्ट्रहरुमा मनाइने गैरधार्मिक पर्वहरुमध्ये सबैभन्दा लोकप्रिय पर्व मानिन्छ । सहकर्मीहरुले एकअर्कालाई उडाउने गर्छन् भने धेरैजसो पश्चिमी सञ्चार माध्यमहरुले समेत पाठकलाई झुक्याउने खालका समाचार दिने गरेकाे पाइन्छ । तर, यो पर्व कसरी मनाउन थालियो ? यो दिन यस्तो ठट्टा किन गरिन्छ ? र कसरी यो विश्वव्यापी परिघटनामा बदलियो बन्यो ?

किंवदन्तीअनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । धेरै इतिहासकारहरु अप्रिलफूल पर्वलाई हाल विश्वभर लागू ग्रिगोरियन पात्रोजत्तिकै पुरानो मान्छन् ।त्यसलाई सन् १५६३ मा फ्रान्सको काउन्सिल अफ ट्रन्टले लागू गरेको थियो । त्यसअघि पुरानो पात्रो अनुसार नयाँ वर्ष मार्चको अन्तिम सातादेखि अप्रिल पहिलो दिनसम्म मानिन्थ्यो ।

नयाँ पात्रोले नयाँ वर्षलाई जनवरीमा सारेको थियो । त्यो बेला सञ्चारको सुस्त विस्तार र चलिआएको परम्पराप्रति अडिग रहेकाले अर्को वर्ष धेरैले अप्रिलमै नयाँ वर्ष मनाए ।नयाँ पात्रो लागू गर्ने कार्यभार पाएको सत्ता पक्ष र तिनको आडमा नयाँ पात्रो पक्षधरहरुले अप्रिलको छेउछाउमा नयाँ वर्ष मान्नेहरुलाई हासो–व्यङ्ग्यको पात्र बनाउन थाले ।

उनीहरुले अप्रिलमा नयाँ वर्ष मान्नेहरुलाई ‘पोइसन अभ्रिल (फ्रेन्स भाषामा अप्रिलको माछा)’ भनेर नाम दिए । अझ कतिपय अवस्थामा उनीहरुको ढाडमा कागजको माछा टालेर उनीहरुलाई बेइजत गरिन्थ्यो । फ्रेन्स उखान टुक्कामा माछा सजिलै अर्काको कुरा पत्याउने व्यक्तिहरुलाई जनाउन प्रयोग गरिन्छ ।ती दिनमा समय फ्रान्स विश्वशक्ति थियो । उसको यही प्रभावका कारणले गर्दा सन् १६औँ शताब्दीमा यो संस्कृति फ्रान्सबाट ग्रिगोरियन पात्रो अङ्गीकार गर्न थालेका ब्रिटेन र होली रोमन इम्पायरतिर फैलियो । युरोपको विश्वव्यापी औपनिवेशिक प्रभावको कारण यो पर्व विश्वका अन्य क्षेत्रमा फैलिएको मानिन्छ ।

तर सबै इतिहासकारहरु अप्रिलफुल पात्रो रूपान्तरण लागू गर्न खोज्ने उदण्डहरुले चलाएको मान्न तयार छैनन् । उनीहरु यो पर्वको प्रारम्भ २००० वर्षअघि एक रोमन पर्वबाट भएको तर्क दिन्छन् ।प्राचीन रोममा मार्चको अन्तिमतिर अर्थात मार्च २५ मा हिलारिया भन्ने पर्व मानिन्थ्यो । ती दिनमा लागू जुलियन पात्रोअनुसार वर्षको पहिलो पटक मार्च २५ मा रातभन्दा दिन लामो हुन्थ्यो । (आजका पात्रोमा त्यो दिन मार्च २० मा पर्छ ।)

त्यो दिन रोमन साम्राज्यभरी नागरिकहरु राजा–भारदारहरुलाई व्यङ्ग्य गर्ने खालका रङ्ग न ढङ्गका कपडा लगाएर हिँड्थे । त्यो दिन नेपालमा गाईजात्राको दिनजस्तै अत्यन्त शक्तिशाली रोमन अधिकारीहरुलाई पनि व्यङ्ग्य गर्न छुट हुन्थ्यो । यही पर्व पछि एप्रिलफुल दिनको रूपमा मान्न थालिएको उनीहरुको भनाइ छ ।आधुनिक समयमा भने पश्चिमी मिडियाहरुले अप्रिलफुललाई चर्चित बनाउने काम गरे । अत्यन्त विश्वसनीय मिडिया हाउसले पनि यो दिन आम सर्वसाधरणलाई छक्याउने खालका उट्पट्याङ समाचार प्रस्तुत गर्ने गर्छन् ।यसमध्ये सबैभन्दा चर्चित सन् १९५७ को अप्रिल १ को दिन बीबीसीको एक एक रिपोर्टलाई मानिन्छ । बीबीसीले त्यो दिन देखाएको एक रिपोर्टमा स्विस किसानले ऐतिहासिक परिणाममा स्पेगेटी फलाइरहेको भन्दै रुखमा सीधै चाउमिन फलेको देखाएको थियो ।

धेरै दर्शकहरुले यसलाई साँचो ठानेका थिए । तर यो दर्शकलाई मूर्ख बनाउनकै लागि मिहिनेतका साथ फिल्माङ्कन गरिएको रिपोर्ट थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]