अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सिनजियाङमा मुस्लिम उइगर समुदाय तथा अन्य जातीय र धार्मिक अल्पसंख्यकमाथि गरिएको कारवाहीलाई ‘नरसंहार’ भएको टिप्पणी गरेका छन्।
पूर्ववर्ती डोनाल्ड ट्रम्प सरकारले पनि उक्त कारबाहीलाई नरसंहार नै मानेको थियो।मंगलबार बाइडेन प्रशासनले सिनजियाङ कारबाहीलाई दिएको उपमाले औपचारिक मान्यता पाएको छ।
सिनजियाङमा १० लाखजनालाई जेलमा कोचिएको र अनेक भौतिक सजायँ दिइएको अमेरिकी विदेश विभागको भनाइ छ।(एजेन्सी)