०५ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) विरुद्ध अहिले विश्वका विभिन्न मुलुकमा खोप अभियान चलिरहेको छ ।

सन २०१९ को अत्यमा चीनमा पत्ता लागेको यो भाइरस जनावरबाट मान्छेमा सरेको दावी सहितको रिपोर्ट भर्खरै विश्व स्वास्थ्य संगठनले निकालेको छ । यस बीचमा जनावरलाई लगाउनका लागि पनि कोरोना खोप निर्माण भएको चर्चा छ । रुसले जनावरका लागि कोरोनाविरुद्धको खोप विकास गरेको जानकारी रुसी अधिकारीहरुलाई उद्धृत गर्दै सिन्हवाले खबर दिएको छ । रुसको कृषिसम्बन्धी नियामक निकायले बुधबार यो खोप प्रयोगका लागि उपयुक्त रहेको भनी निष्कर्ष निकालेको सिन्हवाले जनाएको छ ।

उनीहरूले कुकुर, बिरालोलगायतका जनावरमा यो खोपको परीक्षण गरेको जानकारी दिएको छ । परीक्षणले यो खोप जनावरका लागि हानिकारक नरहेको पुष्टि भएको परीक्षणमा संलग्न अधिकारीहरूले जनाएका छन् ।‘यो खोपले जनावरको शरीरमा एन्टीबडी उत्पादन गरेर कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्ने भएकाले यो शतप्रतिशत उपयोगी र प्रभावकारी देखिएको छ’ रुसका एक स्वास्थ्य अधिकारीले भनेका छन् ।

यही अप्रिलदेखि यसको प्रयोग पनि सुरु हुने जानकारी पनि दिइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]