०५ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

पोखरा – वायु प्रदूषणले पोखरालाई काठमाडौंसँग जोड्ने हवाई सम्पर्क पाँचदिनदेखि पूर्णरूपमा टुटेको छ। शुक्रबार अबेरपछि पोखरा–काठमाडौंका उडान रोकिन थालेका थिए।

शनिबारदेखि बुधबारसम्म पोखरा–काठमाडौं रुटमा एउटै उडान हुन नसकेको पोखरा विमानस्थलले बताएको छ।६ दिनको यो अवधिमा पोखरा विमानस्थलबाट मात्र १४१ वटा उडान रद्द भएका छन्। त्यसले विमानस्थल मात्र नभई पोखराको पर्यटन र हवाई क्षेत्रलाई समेत आर्थिक रूपमा नोक्सान पुर्‍याएको छ। बुधबार बिहान खुलेको पोखराको मौसम केही समयपछि बिग्रँदा दिनभर उडान हुन नसकेको विमानस्थलले बताएको छ। विमानस्थल प्रमुख बिक्रमराज गौतमका अनुसार बुधबार बिहान मौसम खुल्दा पोखरा–जोमसोम हवाई उडान भएपनि पछि मौसम बिग्रदाँ थप उडान हुन नसकेको बताए।उनका अनुसार बुधबार बिहानपख ५ हजार मिटर भिजिविलिटी रहेको पोखराको मौसम पछि घट्दै जाँदा मध्यान्हपछि एकहजार मिटरमा झरेको थियो। पोखरा–जोमसोम उडान बिहान ६ बजे नै सुरु हुन्छ। दिउँसोमा हावा चल्ने भएकोले बिहान १० बजेपछि सामान्यतया पोखरा–जोमसोम उडान हुँदैन।

भिजिविलिटी पुग्दा पोखरा–जोमसोम ६ वटा उडान भएको थियो। तर पोखरा–काठमाडौं रुटमा उडान भने उडान हुन नसकेको आजको नागरिक दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]