१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

गुलरिया – बर्दियामा गैंडा गणना सुरु गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको लगानीमा निकुञ्ज लगायत मध्यवर्ती क्षेत्रका सामुदायिक बनमा रहेका गैंडाहरुको गणना सुरु गरिएको हो।

निकुञ्ज विभागको नियमित कार्यक्रम अन्तरगतको गैंडा गणना नेपालमा पहिलो पटक नेपाल सरकारको आफ्नै लगानीमा हुँदैछ। ‘यस पटक गैंडा गणना कार्यमा दातृ संस्थाहरुको न्युन सहयोग छ। गैंडा गणनाका लागि करिव १ करोड १० लाख रुपैयाँ लागत अनुमान विभागको छ’, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले भने, ‘३० लाख मुल्यको प्राविधिक सामाग्री खरिद गरिएको छ।’

करिव ८० लाख रुपैयाँ निकुञ्जहरुको खर्च अनुसार वितरण हुन्छ। बर्दियाको गैंडा गणनामा १० ओटा हात्ती, ३० जना हात्तीसारे, गणक-सहायक गणक २० जना र अन्य १० जना गरी ६० जनाको टीम परिचालन गरिएको छ। श्रेष्ठले भने टोलीहरु करिव २ साता सम्म फिल्डमा खटिन्छन्। प्रत्येक ४–५ वर्षमा गरिने गैंडा गणना गतवर्ष कोभिड महामारीका कारण रोकिएको थियो।

निकुञ्जमा प्रत्यक्ष विधिबाट गैंडा गणना भैरहेको छ। हात्तीमा पुगेका गणकहरु गैंडाको तस्बिर लिने गन्ने गर्छन् राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले भने गैंडा गणना तथा अनुगमनबाट भावी रणनिति र कार्ययोजना बनाउन मद्दत पुग्छ। बर्दियामा गैंडा बढ्ने अनुमान निकुञ्जको छ। बर्दियामा ३७ वटा एकसिंगे गैंडा छन्। जसमध्ये ८ वटा गैंडा चितवनबाट स्थानान्तरण गरिएका हुन्।

गैंडा गणनामा संलग्न हात्ती सहितका गणकहरु। तस्बिर : रविन कडरिया।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]