०३ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र १८, २०७७

बुटवल – राष्ट्रिय परियोजना अन्तरगतको हेटौडा-भरतपुर-बर्दघाट २२० केभी विद्युत प्रशारण लाइनको काम फेरि रोकिएको छ ।

पूवी नवलपरासीको कावासोती–१ कोइलापानीमा प्रशारण लाइन विस्तारको क्रममा विद्युत लाइनमुनि पर्ने निजी जग्गा, घर र सोही स्थानमा रहेको गुम्बाको मुआब्जा यकिन नभएको र मुआब्जा दिने पनि यकिन भएको भन्दै स्थानीयले काम राकिदिएका हुन् । यसअघि पनि मुआब्जालगायतका विषयमा काम अवरोध भएको थियो ।स्थानीय बासिन्दाको जग्गा र सेन्चेन छोइलिङ गुम्बा अहिले विस्तार गर्दै गरेको राष्ट्रिय प्रशारण लाइनको विद्युत प्रभाव क्षेत्रभित्र पर्ने उनीहरूको दाबी छ । मुआब्जाको विषयमा सम्बन्धित निकायले चासो नदिएको भन्दै उनीहरूले पछिल्लो ५ दिन यता काम रोकेका छन् ।

गुम्बा ब्यवस्थापन समिति र स्थानीयसँग कुनै पनि परामर्श नलिएर तार बिछ्याउने कार्य अघि बढाएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । स्थानीयहरूले अवरोध गरेपछि काम रोकिएको स्थानीय बासिन्दा तथा गुम्बा ब्यवस्थापन समितिका सचिव रामबहादुर ब्लोनले बताए । आयोजनाका दुई जना इन्जिनियरहरूले परस्पर बाँझिने खालका लिखत प्रदान गरेको ब्लोनले जानकारी दिए। इन्जिनियर उमेश मिश्रले प्रसारण लाइन तारको ११ मिटर भित्र गुम्बाको संरचना परेको नक्सा ब्यवस्थापन समितिलाई दिएका छन् भने अर्का इन्जिनियर राजेन्द्रप्रसाद पौडेलले भने प्रसारण लाइनभित्र गुम्बाको संरचना नपर्ने आशयको पत्र गुम्बा ब्यवस्थापन समितिलाई पठाएका छन् ।

तीन दिन अघिदेखि अवरोध भएको तार बिछ्याउने काम आयोजना र गुम्बा ब्यवस्थापन समितिबिच सहमति भएपछि मात्र अघि बढ्न दिने समितिका सचिव ब्लोनले बताए । जिल्ला प्रशासन कार्यालय पूर्र्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले भने दुबै पक्षबीच छलफल गराइ अघि बढ्ने बताए । यो आयोजना अघि बढाउन सुरुमा प्रशासनको सहयोग नभएको आरोप लागेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]