१७ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १९, २०७७

सप्तरी – सोमबार खाना खाएर १० बजे बाख्रा चराउन जंगलमा गएकी दैलेखमा एक युवतीको दुई दिनपछि शव फेला परेको छ । डुङ्गेश्वर गाउँपालिका–६ लटालीको २१ बर्षिय सुनिता विक शव मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

मंगलबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । मृतकको घर गुराँस गाउँपालिका –१ सेफ्टीमा हो । ‘श्रीमानसँगको सम्बन्ध राम्रो नभएकाले ६ महिनादेखि माइती घरमा बस्दै आएकी तथ्य खुलको छ’, प्रहरी प्रमुख श्रेष्ठले भने ।

‘मृतक अवस्थामा भेटिएकी युवती सोमबार बाख्रा चराउन घरबाट हिँडेपछि हराउनुभएको रहेछ, उनको खोजीका लागि परिवारजनले प्रहरीलाई खबर गरेको थिएन्,’ डिएसपी श्रेष्ठले भने, ‘घर नआएपछि परिवारले खोजी गर्दा मंगलबार जंगलमा मृत अवस्थामा शव भेटिएको हो ।’ मृत अवस्थामा शव फेला परेपछि मात्रै परिवारजनले प्रहरीलाई खबर गर्नुभयो’, उनले भने ।

‘घटनास्थलमा नेपालगञ्जबाट नेपाल प्रहरीको तालिम प्राप्त कुकुरहरु ल्याएर अनुसन्धान गरिएको युवतीको टाउको अगाडि र पछाडीको भागमा चोट लागेको र घटनास्थलबाट मृतकलाई हिर्काउन प्रयोग गरिएको लट्ठीसमेत फेला परेको डीएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीले आवश्यक सोधपुछका लागि श्रीमानलाई नियन्त्रणमा लिएको छ ।

तर मृतकका आफन्तले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन् । माइती परिवार र आफन्तले घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न जो कोहीलाई कानुनी दायाराभित्र ल्याई कानुनी कारबाहीको गर्न माग गरेका छन् । ती महिलाको शव पोष्ट मार्टमका लागि दैलेख अस्पतालमा राखिएको छ । आज नै पोष्ट मार्टम गरिने प्रहरीले जनाएको छ । यो घटना शंकास्पद भएको कारण प्रहरीले गम्भीर रुपमा थप अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]