०५ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १७, २०७७

सप्तरी – देशभरको २९ जिल्लामा ८४ ठाउँको वनमा आगलागी भइरहेको छ। केही दिनदेखि यता सुक्खा मौसम सुरु भएसँगै देशभरका वनमा आगलागी हुने क्रम बढिरहेको छ।

अछाममा २, बझाङ १, बाँके ५, बर्दिया ८, भोजपुर १, चितवन ४, दैलेख ३, दाङ १४, डोटी १, गोर्खा १, जाजरकोट २, झापा १,कैलाली १,कास्की १,खोटाङ १, मकवानपुर १,नवलपरासी १,पाल्पा ३,पर्सा ५, रामेछाप १, रुपन्देही २,सल्यान २, सर्लाही १, सिन्धुली ६, सिराहा २,सुर्खेत ४ र उदयपुरको ८ ठाउँमा आगलागी भइरहेको वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान प्रणालीले जानकारी दिएको छ।विभागका अनुसार आगलागी भएका ठाउँका स्थानीय निकाय र डिभिजन वन कार्यालयलाई जानकारी गराइसकेको विभागका एक कर्मचारीले बताए। वन कार्यालयमा इमेल र एसएमएस गरेर सूचना दिने गरिएको छ। डिभिजन वन कार्यालयले स्थानीय तहसँग सहकार्य गरी आगलागी नियन्त्रण गरिने गरेको उनको भनाइ छ।

आगलागी नियन्त्रणमा सुरक्षाकर्मी र वारुण यन्त्रको प्रयोग गरिने गरिएको छ। मानिसहरुले चुरोट खाएर फाल्ने,वनभोजमा गएकाले आगो छोडेका तथा नयाँ रुख पलाउने आशामा आगलागी हुन गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]