२४ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १५, २०७७

काभ्रेपलाञ्चोक – जनआन्दोलन २०६२\६३ का घाइते काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले स्थापना दिवसका अवसर पारेर ‘बनेपा तारा’ पदकद्वारा सम्मान गरेको छ।

नगरपालिकाको स्थापना दिवसका अवसरमा शनिबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले नगद रु १० हजारसहित उनलाई ‘बनेपा तारा’ पदकबाट सम्मान गरेका हुन्।

बनेपा नगरपालिका–८ स्थायी घर भएका मुकेश विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका थिए।

नगरपालिकाले स्थापना दिवसकै अवसरमा अन्य विभिन्न व्यत्तिलाई समेत सम्मान गरेको छ। नगरपालिकाका संस्थापक प्रमुख सुरेन्द्रबहादुर बादे श्रेष्ठलाई ‘बनेपा भाष्कर’ सम्मान प्रदान गरेको नगरपालिकाले इलाका प्रहरी कार्यालय बनेपाका तत्कालीन प्रमुख प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरीक्षक) सुनिलजङ्ग शाह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई ‘बनेपा सेवा पदक’द्वारा सम्मानित गरेको छ।

त्यस्तै नगरपालिकामा निरन्तर २५ वर्षसम्म सेवा प्रदान गर्ने ३० कर्मचारीलाई ‘बनेपा दीर्घसेवा’ सम्मानबाट सम्मान गरिएको थियो । नगरपालिकालाई सहयोग गर्ने रोशी गाउँपालिका, विभिन्न सङ्घसंस्था र ज्येष्ठ नागरिक बनेपा–४ निवासी १०१ वर्षीय रामकृष्ण श्रेष्ठ तथा वडा नं ९ निवासी ९९ वर्षीय टुकमाई तिमल्सिनालाई पनि सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]