२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १९, २०७७

सप्तरी – युरोपियन राष्ट्र स्लोभाकियामा उड्ने कार अर्थात एयर कारको सफल परीक्षण सम्पन्न भएको छ । सडकमा चल्ने कार तीन मिनेटमै प्लेनको रुपमा परिवर्तित हुन्छ ।

परीक्षणको समयमा सो कार हावामा १५ सय फिट माथि सफलतापूर्वक उडेको थियो । यसको भिडियो फुटेज समेत सार्वजनिक गरिएको छ, जुन देख्दा सबैको मन चकित हुन्छ ।

स्लोभाकियाको क्लेनभिजन नामक कम्पनीले सो कार निर्माण गरेको हो । यसलाई सेल्फ ड्राइभ यात्रा गर्न वा एयर ट्याक्सीको रुपमा प्रयोग गर्न सकिने छ ।

अर्को वर्ष यो कारलाई व्यवहारिक रुपमा प्रयोगमा आएको देख्न सकिने छ । यद्यपि कम्पनीले कारको मूल्यको वारेमा भने केही जानकारी दिएको छैन ।

एयरकारले एक पटकमा ६२० किलोमिटर सम्म यात्रा गर्न सक्छ । कार प्लेनको रुपमा देखिएको छ भने यो निकै नै हलुका पनि छ ।

परीक्षण गरिएको सो एयर कार दुई सिटर छ र यसको तौल करिव ११ सय किलोग्राम छ ।

कारमा बीएमडब्ल्यु १.६ लिटर इन्जिन प्रयोग गरिएको छ, जसले १४० बीएचपीको पावर जेनेरेट गर्छ । कारलाई टेकअफ गर्नका लागि कमसेकम ९८४ फिटको रनवे चाहिन्छ ।

यसको अधिकतम गति २ सय किलोमिटर प्रतिघण्टा छ । कम्पनीका अनुसार कार उडाउन सामान्य ड्राइभरले पनि सक्छ । यसका लागि स्पेसल पाइलटको आवश्यकता पर्दैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]