१७ कार्तिक २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र १३, २०७७

काठमाडौं – काठमाडौं उपत्यकाको आकाशलाई शुक्रबार दिउँसोदेखि तुवाँलोले ढाकेको छ । उपत्यकाको चारैतिर रहेका जंगलमा डढेलो लागेका कारण आकाशमा यसरी धुवाँको तुवाँलो देखिएको हुनसक्ने डढेलो विज्ञ एवं नेपाल सरकारका उपसचिव सुन्दर शर्मा बताउँछन् ।

शर्माका अनुसार काठमाडौं उपत्यकाका चारैतिर जंगलमा डढेलो लागेको छ । शुक्रबार काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुवाँलो सोही डढेलोका कारण निस्किएको धुवाँले गर्दा उत्पन्न भएको हुनसक्ने उनले बताए । शर्माका अनुसार विगत २४ घण्टामा नेपालका विभिन्न ५४ जिल्लाका ४३७ स्थानमा डढेलो लागेको छ ।मार्च २६ का दिनलाई आधार मानेर शर्माले संकलन गरेको तथ्यांकअनुसार यो समयमा अहिलेसम्मकै सर्वाधिक डढेलो लागेको देखिन्छ । सन् २०१७ को मार्च २६ का दिन विभिन्न चार जिल्लाका ६ स्थानमा डढेलो लागेको थियो भने सन् २०१८ को सोही दिन १७ जिल्लाका ३८ स्थानमा डढेलो लागेको थियो ।यस्तै, सन् २०१९ को मार्च २६ मा १६ जिल्लाका ५४ स्थानमा डढेलो लागेको थियो भने सन् २०२० को सोही दिन ४ जिल्लाका ७ स्थानमा डढेलो लागेको थियो ।

यो वर्ष अत्यधिक डढेलो लागेको उनले बताए । ‘पोहोर साल त्यति धेरै डढेलो लागेन, जमिनमा धेरै पात पतिङ्गर जम्मा भएर बसेको हुनसक्छ,’ उनले भने, ‘यो वर्ष हिमपात र वर्षा पनि कम भयो, जसले गर्दा जमिनका पात पतिङ्गर सुक्खा छ । त्यसमा आगोको झिल्को पर्दा आगो लाग्ने हो ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]