दैलेख – दैलेखमा एकजना महिलाले ३ वर्षीया छोराको हत्या पछि आत्महत्याको प्रयास गरेकी छन् ।
दैलेख जिल्लाको डुंगेश्वर गाउँपालिका—३ की २९ वर्षीया हिरा थापाले ३ वर्षका छोराको हत्या गरी आफूले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको कुर्ताको कपडाले पासो लगाइ झुन्ड्याएर हत्या गरेकी हुन् ।छोराको हत्या पछि हिराले लेक्चा खोलाको भिरबाट हाम फालेर आत्महत्या प्रयास गरेकी हुन् ।
भिरबाट हाम फालेकी हिरा घाइते भएकी छन् । घाइते हिराको अहिले जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल दैलेखको शवगृहमा राखिएको छ ।घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।