०१ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र १३, २०७७

सप्तरी प्रहरीले १० वर्षीया बालिकालाई बलात्कार गरी फरार अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ।

बालिका बलात्कार गरेको मुद्दामा दोषी ठहर भई १३ वर्षदेखि फरार रहेका जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर-३ बस्ने ३५ वर्षीय सेभु भनिने श्याम मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।प्रहरी चौकी बरसाइनबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको डिएसपी काफ्लेले बताए।२०६४ साल असोज ९ गते साविकको बरसाइन गाविस–४ की १० वर्षीया एक बालिकालाई बलात्कार गरी मुखिया फरार थिए।

२०७५ असार ५ गते सप्तरी जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो।मुखियालाई आजै अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार पठाइएको डिएसपी काफ्लेले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]