०३ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र ०७, २०७७

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूलाई संसदीय दलको ह्वीप नलाग्ने बताएका छन् । दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा पुगेका गौतमले आफू राष्ट्रपतिबाट चुनिएकाले दलको ह्वीप नलाग्ने बताए ।

‘म राष्ट्रपतिबाट चुनिएको सांसद हुँ । संसदीय दलको बैठकमा मलाई नबोलाए पनि हुन्छ भन्ने लागेको हो । मलाई ह्वीप लाग्दैन भन्ने मेरो बुझाइ हो । तथापि, म दलको निर्देशन भन्दा बाहिर जान्न’, गौतमले भने ।गौतमले आफू संसद् विघटन र अविश्वासको प्रस्ताव कतैपनि नलागी पार्टी एकता जोगाउन लागिपरेको बताए । ‘म कतै लागिनँ । पाटी एक बनाउन लागेँ, कहिले कसैलाई बढी र कसैलाई कम भने हुँला’, उनले भने ।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि आफू खुशी भएको पनि गौतमले सम्झिए । ‘पार्टी राजनीतिक रुपमा र व्यवहारिक रुपमा फुटेको थियो । निर्वाचन आयोगले फुटाउन नसकेको मात्रै थियो’, उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]