०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र ०७, २०७७

काठमाडौं – दोश्रो वीर गणेशमान सिंह १० किलोमिटर दौडको उपाधि सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले जितेका छन् । शनिबार काठमाडौंमा भएको प्रतिस्पर्धामा एपिएफका गोपीले ३१ मिनेट ४४.४९ सेकेन्डमा र सन्तोषीले ३७ मिनेट ५३.४४ सेकेन्डमा दौड पूरा गर्दै ६०–६० हजार रुपैयाँ र स्वर्ण पदक जिते ।

दुवैले यसै दौडमा राखेको कीर्तिमान समेत तोडेका छन् । पहिलो संस्करणमा सन्तोषीले ३९ मिनेट १०.९८ सेकेन्ड र ३२ मिनेट ०१.२ सेकेन्डमा पूरा गरेका थिए ।गत वर्ष भएकाे दक्षिण एशियाली खेलकुदमा सन्तोषीले १० किलोमिटरमा र गोपीले ५ किलोमिटरमा स्वर्ण पदक जितेका थिए ।सन्तोषीको यो वर्षको तेस्रो उपाधि हो । फागुनमा धरान १० किलोमिटर र गत साता गोल्डेन एथलेटिक्स मिटमा ३ किलोमिटरमा स्वर्ण पदक जितेकी थिइन् । गोपीको वर्षको यो दोस्रो उपाधि हो । मंसिरमा नेपालगन्ज म्याराथनको उपाधि जित्दै टोकियो ओलम्पिकका लागि छनोट भएका थिए ।महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई दोश्रोे र एपिएफकी फूलमती राना तेश्रो भए । यस्तै, पुरुषतर्फ अनिष थापा दोश्रो र तीर्थ पुन तेश्रो स्थान प्राप्त गरेका थिए । दुवैतर्फ दोश्रो हुनेले ३० हजार र तेश्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको १० किलोमिटर रोड रेसमा ४ सय जना सहभागि थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]